default_image

3 years ago

March 11, 2023

एकै खेलमा ३२ छक्का र ४ सय ८६ रन प्रहार

285 views

0 Bookmark

एजेन्सी – बायाँ हाते ब्याटर राइली रोसोउको कीर्तिमानी शतकमा मुल्तान सुल्तान्सले पाकिस्तान सुपर लिग (पिएसएल) मा पेशावर जाल्मामाथि चार विकेटको कीर्तिमानी जित हात पारेको छ । जितको लागि २ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको मुल्तानले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

मुल्तानको जितमा राइली रोसोउले ५१ बलमा १२ चौका र ८ छक्कासहित १ सय २१ रनको सानदार शतकीय इनिङ खेले । उनले ४१ बलमा शतक प्रहार गरेका थिए । जुन पिएसएल इतिहासकै सर्वाधिक छिटो शतक हो । पिएसएलमा यसअघि सर्वाधिक छिटो शतक ४३ बलमा रोसोउले नै २०२० मा क्वेटा ग्ल्याडियर्सविरुद्ध प्रहार गरेका थिए ।

यसै सिजनमा क्वेटाका जेसन रोयले जाल्मीविरुद्ध ४४ बलमा शतक हानेका थिए । यो पिएसएल इतिहासमा पूरा भएको सर्वाधिक ठूलो योगफल हो । यसअघि तीन दिनअघि मात्रै क्वेटाले जाल्मीविरुद्ध नै २ सय ४१ रनको लक्ष्य पूरा गरेको थियो ।

काइरन पोलार्डले २५ बलमा ३ चौका र ५ छक्कासहित ५२ रनको आक्रामक इनिङ खेले । टिम डेविड २, खुशदील शाह १८, अनवार अलीले ८ बलमा २ चौका र २ छक्कासहित २४ रन जोडे । मुल्तानबाट रोसोउको ८, पोलार्डको ५, अलीको २, मोहम्मद रिजवान र उस्मा मिरले एक एक गरि कुल १७ छक्का प्रहार प्रहार गरे ।

जाल्मीका आजमतुल्लाह ओमरजाईले सर्वाधिक दुई विकेट लिए । मुजिब उर रहमान, अर्शद इकबाल, विहाब रियाज, सैम अयुबले एक एक विकेट लिए ।

त्यसअघि रावलपिंडी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको जाल्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४२ रन बनाएपनि बचाउन सकेन । जाल्मीका कप्तान बाबर आजमले ३९ बलमा ९ चौका र २ छक्कासहित ७३ रनको योगदान दिए । अर्का ओपनर सैम अयुबले ३३ बलमा ५ चौका र ४ छक्कासहित ५८ रन जोडे ।

मोहम्मद हरिसले ११ बलमा १ चौका र ४ छक्कासहित ३५ तथा टम काडमोरले १८ बलमा ४ चौका र २ छक्कासहित ३८ रन जोडे । जाल्मीबाट समग्रमा १५ छक्का प्रहार भएको थियो ।

जाल्मी र मुल्तानबाट गरि एकै खेलमा कुल ३२ छक्का प्रहार भए । दुई टोली इनिङको रन कुल ४ सय ८६ बनेको थियो । मुल्तानका अब्बास अफ्रिदीले ४ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.