3 years ago
March 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र युएईका रोहन मुस्तफाबीच आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा टियु मैदानमा भनाभन भएको छ ।

स्पिनर आर्यन लाक्राको १५ औं ओभरको अन्तिम बलमा रोहित स्विप सट खेलेका थिए । युएईका खेलाडीले जोडले आउट अपिल गरेका थिए । युएईका खेलाडीले कट बिहाइन्डको अपिल गरेका थिए । त्यतिकैमा रोहन मुस्तफाले रोहितलाई केहि भनेका थिए । तर त्यसपछि रोहित केहि आक्रोश हुँदै रोहुन मुस्तफातर्फ अघि बढेका थिए । प्वाइन्टमा भएका मुस्तफाले केहि भनेपछि रोहित आक्रोशित बनेका थिए ।
रोहित र मुस्तफाबीच केहि भनाभन भएको थियो । त्यसपछि पनि रोहित रोकिएका थिएनन् । युएईका खेलाडी र अम्पायरले दुवै खेलाडीलाई सम्झाएका थिए । यूएईकै अन्य खेलाडीले मुस्तफालाई चुप रहन भन्दै तानेर लगेका थिए ।
रोहितले अम्पायरलाई केहि भनि रहेका थिए । केहि समयपछि भने संयमित बनेका थिए । युएईकै खेलाडीले तानेर मुस्तफालाई लगेका थिए । युएईका कप्तान मोहम्मद वासिमले मुस्तफालाई उता लगाएका थिए । वासिमले कप्तान रोहितलाई सम्झाएका थिए ।

पछिल्लो खेलमा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सन्दीप लामिछाने र रोहन मुस्तफाबीच मैदानमा भनाभन भएको थियो । सन्दीपले उक्त खेलमा एलबीडब्लू अपिल गर्दा भनाभन भएको थियो । सन्दीपले एक दिनपछि सामाजिक सञ्जालमा मैदानभित्रको प्रतिस्पधी भएपनि बाहिर असल साथी रहेको बताएका थिए ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै ४२ रन बनाएको छ । रोहित १२ र भीम सार्की ११ रनमा क्रिजमा छन् । पावर प्लेमा नेपालले तीन विकेट गुमाएपछि रन बनाउन संघर्ष गर्नु परेको छ ।
चोभार एण्डबाट आएका स्पिनर आर्यन लाक्राले दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखलाई शून्यमा बोल्ड गरे । अघिल्लो खेलमा पिएनजीविरुद्ध १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका आसिफ युएईविरुद्ध भने पाँच बल खेल्दा खाता खोल्न सकेनन् ।
पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ८ रनमा एलबीडब्लू आउट भए । स्पिनर आयन अफ्जल खानको बलमा स्विप खेल्ने धुनमा मिस हुँदा कुशल एलबीडब्लू आउट भएका थिए । नेपाललाई पछिल्लो खेलमा दुई ओपनरले पिएनजीविरुद्ध पहिलो विकेटका लागि १ सय १० रनको सानदार शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए ।

तर युएईले सुरुवात देखिनै दुवै बायाँ हाते अर्थोड्रक्स स्पिनरलाई लगाउँदै नेपाललाई दबाबमा राख्यो । अर्थोड्रक्स स्पिन नेपाली ब्याटरको कमजोरी हो । तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ठूलो सट खेलेका कुशल मल्ल टप एज लागेर मिडअनमा मोहम्मद वासिमबाट ९ रनमा क्याच आउट भए । १५ बल खेलेका उनले २ चौका प्रहार गरे । जुनैद र जहुर खानले लगातार राम्रो बलिङ गर्दै नेपाललाई दबाबमा राखेका छन् ।
नेपाल यस खेलमा विजयी हुँदा दुई खेल अगाडिनै आगमी चार वर्षको लागि ओडिआई मान्यता बचाउने पक्का हुनेछ । नेपालले आजको खेलमा ज्ञानेन्द्र र करणलाई बेन्चमा राखेको छ । ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएकोछ । ज्ञानेन्द्रको पछिल्लो समय प्रदर्शन राम्रो छैन । त्यसको कारण गुलशन झाई मौका दिएको छ । करणको स्थानमा ललितलाई मौका दिएको छ । टोलीमा अन्य भने परिवर्तन गरेको छैन । स्पिनर सहयोगी पिच हुँदा ललितलाई मौका दिएको हो ।
युएईले रिजवानलाई बेन्चमा राख्दै अश्वन्त वल्थापालाई डेब्यू दिएको छ । २१ वर्षीय बायाँ हाते विकेटकिपर वल्थापाले यू-१९ क्रिकेट युएईबाट खेलेका छन् । युएईले कप्तानबाट हटाएको दुई खेलपछि रिजवानलाई बेन्चमा राखेको हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]