default_image

3 years ago

March 12, 2023

कोहलीको सानदार शतकमा भारतको विशाल योगफल

166 views

0 Bookmark

एजेन्सी – विराट कोहलीको सानदार शतकमा भारतले चौथो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा विशाल योगफल बनाएको छ । भारत पहिलो इनिङमा चौथो दिन अन्तिम सेसनमा ५ सय ७१ रनमा अल आउट भयो । भारतले समग्रमा पहिलो इनिङमा ९१ रनको अग्रता लिएको थियो ।

भारतका विराट कोहलीले ३ सय ६४ बलमा १५ चौकासहित १ सय ८६ रनको सानदार शतकीय इनिङ खेले । कोहलीको यो टेस्ट करिअरको २८ औं शतक हो । कोहलीले टेस्टमा २०१९ पछि पहिलो शतक हानेका हुन् ।

तल्लोक्रमका अक्षर पटेलले १ सय १३ बलमा ५ चौका र ४ छक्कासहित ७९ रनको आक्रामक इनिङ खेले । छैटौं विकेटका लागि कोहलीले अक्षर पटेलसँग १ सय ६२ रनको सानदार शतकीय साभेदारी गरेका थिए ।

रविन्द्र जडेजा २८, केएस भरत ४४ रनमा आउट भए । तेस्रो दिन भारतका युवा ओपनर शुमभन गिलले २ सय ३५ बलमा १२ चौका र १ छक्कासहित १ सय २८ रनको शतकीय इनिङ खेलेका थिए ।

अष्ट्रेलियाका नाथन लायन र टोड मर्फीले तीन तीन विकेट लिए । दोस्रो इनिमा अष्ट्रेलियाले तीन रन जोड्दा चौथो दिनको खेल सकिएको छ ।

त्यअसघि अष्ट्रेलियाले पहिलो इनिङमा ४ सय ८० रनमा अल आउट भएको थियो । ओपनर उस्मान खवाजाले ४ सय २२ बलमा २१ चौकासहित १ सय ८० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

क्यामरन ग्रीन १ सय ७० बलमा १८ चौकासहित १ सय १४ रनमा आउट भए । ग्रीनको यो अन्तर्राष्ट्रिय कुनैपनि संरचनाको पहिलो शतक हो । पाँचौं विकेटका लागि ग्रीन र उस्मान खवाजाले २ सय ८ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए ।

भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ६ विकेट लिए । मोहम्मद शामीले दुई, रविचन्द्र जडेजा र अक्षर पटेलले एक एक विकेट लिए । चार टेस्ट खेलको सिरिजमा भारत २–१ ले अघि छ ।

अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगि सकेको छ । भारतलाई भने फाइनल खेल खेल्न अन्तिम खेलमा जित आवश्यक पर्दछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.