default_image

3 years ago

March 12, 2023

नेपालले रच्यो इतिहास

291 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ र आफ्नो ओडिआई क्रिकेटमा नयाँ इतिहास रचेको छ । नेपालले आइतबार युनाइटेड अरव इमिरेट्स (युएई) लाई १ सय ७७ रनको फराकिलो अन्तरले हराउँदै नयाँ कीर्तिमान बनाएको हो ।

यो जित रनको हिसाबमा नेपालले हात पारेको आफ्नो ओडिआई इतिहासको सर्वाधिक ठूलो हो । यसअघि नेपालले २०२१ मा पपुवा न्युगिनीविरुद्ध अल अमरेतमा १ सय ५१ रनले पराजित गरेको थियो । त्यस्तै २०१९ मा युएईलाई नै १ सय ४५ रनको फराकिलो अन्तरले हराएको थियो ।

यी तीन जित नै नेपालले ओडिआईमा रनको हिसाबमा हात पारेका सर्वाधिक ठूला जित हुन् । विकेटको हिसाबमा भने नेपालले अमेरिकालाई २०२० मा ८ विकेटले हराएको थियो । नेपालको मात्रै होईन आइसिसी विश्वकप लिग-२ कै सर्वाधिक फराकिलो जित हो ।

लिग-२ मा नेपालले नामिबियाको कीर्तिमान तोडेको हो । यसअघि नामिबियाले २०२२ मा पिएनजीलाई १ सय ६७ रनको फराकिलो अन्तरले हराएको थियो । त्यो नै लिग २ को सर्वाधिक ठूलो जित रहँदै आएको थियो । गतवर्ष स्कटल्यान्डले पिएनजीलाई १ सय ६२ रनले हराएको थियो ।

२०१९ मा नामिबियाले अमेरिकालाई १ सय ३९ रनले हराएको थियो । नेपालले सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । दुवै खेलमा विजयी भएमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएमा क्वालिफायर प्लेअफ खेल्नुपर्छ । युएईमाथिको जितसँगै आगमी चार वर्षको लागि ओडिआई मान्यता भने पक्का गराएको छ ।

जितको लागि २ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भयो । युएईका आयन खानले ३३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक रन बनाए ।

युएईलाई ७१ रनमा अल आउट गर्न बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले ७.५ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिए । ललितको यो करिअरको उत्कृष्ट प्रदर्शन हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.