default_image

3 years ago

March 12, 2023

ललित ओडिआईमा पाँच विकेट लिने चौथो नेपाली बलर

346 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका बायाँ हाते स्पिनर ललितनारायण राजवंशी ओडिआई क्रिकेटमा पाँच विकेट लिने चौथो नेपाली खेलाडी बनेका छन् । ललितले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आइतबार युएईविरुद्ध पाँच विकेट लिँदै आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भयो । युएईलाई अल आउट गर्न ललितले ७.५ ओभरमा २ मेडनसहित २० रन खर्चेर पाँच विकेट लिए । ललितको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको उत्कृष्ट प्रदर्शन हो ।

ललित नेपालमा सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीपछि ओडिआईमा पाँच विकेट लिने चौथो बलर बनेका छन् । नेपालबाट सोमपाल कामीले २०१९ मा युएईविरुद्ध दोस्रो ओडिआई खेलमा ६.३ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर पाँच विकेट लिँदै इतिहास रचेका थिए ।

सोमपाल नेपालबाट ओडिआईमा पाँच विकेट लिने पहिलो बलर हुन् । सोमपालको पाँच विकेटको सहयोगमा २ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको युएई १९.३ ओभरमा ९७ रनमा अल आउट भएको थियो । आइसिसी विश्वकप लिग २ मा २०२० मा अमेरिकालाई ३५ रनमा अल आउट गर्न सन्दीप लामिछानेले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

२०२१ मा पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए । जुन प्रदर्शन ओडिआईमा नेपालबाट एक बलरले गरेको उत्कृष्ट हो । नेपालबाट ओडिआईमा सर्वाधिक तीन पटक करण केसीले पाँच विकेट लिएका छन् । करणले चार साताअघि नामिबियाविरुद्ध पाँच विकेट लिएका थिए । करणले गत जुनमा ओमानविरुद्ध दुबै खेलमा पाँच पाँच विकेट लिएका थिए ।

पिच स्पिनर सहयोगी भएपछि नेपालले करणलाई विश्राम दिँदै ललितलाई मौका दिएको थियो । २४ वर्षीय बायाँ हाते स्पिनर ललितले १४ औं ओडिआई खेलमा यस सफलता हात पारेका हुन् । ललितले २०१९ मा युएईविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । पछिल्लो एक वर्ष भने खुट्टामा चोटका कारण ललित टोली बाहिर थिए ।


ललितको यसअघि ओडिआईमा उच्च प्रदर्शन नामिबियाविरुद्ध गत डिसेम्बरमा १० ओभरमा ३६ रन खर्चेर ४ विकेट थियो । टियुमा गत नोभेम्बरमा युएईविरुद्ध दोस्रो ओडिआई खेलमा १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिएका थिए ।

ललितको टि२० आईमा भने उत्कृष्ट प्रदर्शन २०१९ को १३ औं दक्षिण एसियाली खेलकुदमा माल्दिभ्सविरुद्ध ४ ओभरमा ६ रन खर्चेर ३ विकेट थियो । त्यसपछि भने उनले टि२० आई खेल खेलेका छैनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.