3 years ago
March 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले रोहन मुस्तफाले गर्दा फिल्डिङमा आक्रामक देखिएको बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा युएईलाई १ सय ७७ रनले पराजित गरेपछि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।

युएईलाई हराउँदै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्न सफल भयो । ‘ओडिआई मान्यता बचाउँदा एकदमै खुसी लागेको छ । पहिला हामीले यात्रा सुरुवात गरे देखिनै हाम्रो योजना थियो । त्यो पूरा भयो । तर हामीसँग दुई खेल छ । विश्वकप छनोटलाई जान । अव हामी सबै जनाले त्यहिँ दुई खेलको लागि प्रयास गछौं’, जितपछि रोहितले भने ।
मोन्टी देशाई आउनु अघि नेपाललाई ओडिआई मान्यता जोगाउन १२ मध्य ९ खेल जित आवश्यक पर्दथ्यो । मोन्टीको प्रशिक्षणमा नेपालले १० मध्य ९ खेल जित्दै ओडिआई मान्यता पक्का गर्यो । रोहित मोन्टी सर आएदेखि एकदमै सजिलो भएको बताउँछन् ।
‘मलाई लाग्छ मोन्टी सर आएदेखि एकदमै सजिलो भएको छ । वहाँले सबै कुरा राम्रोसँग सम्हाल्नु भएको छ । टिम वातावरण देखि लिएर सबै कुरा । तर खेलाडीहरुले पनि राम्रो प्रदर्शन गरेका छन् । तीनै सिरिजमा सबैले एकदमै राम्रो योगदान दिए । विशेष गरि सन्दीप, आसिफ र कुशलले । पुरै टिमले प्रदर्शन गरेको छ । मलाई लाग्छ यो सबै जनालाई श्रेय जान्छ’, उनले भने ।

एक समय नेपाल २२–३ को अवस्थामा थियो । उक्त अवस्थाबाट २ सय ४८ मा पुर्याउन कप्तान रोहितले ७७ रनको महत्वपूर्ण इनिङ खेले । रोहित २ सय २० सुरक्षित मानिने बताए ।
‘मैले ब्याटिङ गर्दा २२–३ गएको थियो । मेरो मानसिकता के थियो भने २ सय २० बन्यो भने अर्को टोलीलाई एकदमै गाह्रो हुन्छ । युएई लक्ष्य पछ्याउन अलिकति असहज महसुस गरि राखेको थियो । त्यहिँ अनुसार म र जोन्टी (भीम सार्की) ले साझेदारी गरेका थियौं । पछि आरिफ दाइसँग साझेदारी भयो । अन्तिममा गुलशन र दिप्पी दाई (दीपेन्द्र) ले एकदमै राम्रो अन्त्य गरे’, उनले भने ।
अरु दिन भन्दा आज नेपालका खेलाडी हरेक विकेटमा आवेशमा देखिएका थिए । रोहित मुस्तफाको कारण बताउँछन् । ‘ओडिआई निरन्तरता हुँदा त्यसको खुसीमा हुँदा पनि हो । उताका खेलाडीहरुले पनि त्यस्तै इन्टेन्स । मुस्तफाको साइडबाट पनि अलिकति आयो । त्यसले गर्दा सबैजना खेलाडी एकता भएर अव हामी पनि गर्नुपर्छ भनेर मानसिकता थियो । त्यहिँ भएर आक्रामक फिल्डिमा अलिकति देखिएको थियो’, रोहितले भने ।

स्पिनर आर्यन लाक्राको १५ औं ओभरको अन्तिम बलमा रोहित स्विप सट खेलेका थिए । युएईका खेलाडीले जोडले आउट अपिल गरेका थिए । प्वाइन्टमा भएका मुस्तफाले केहि भनेपछि रोहित आक्रोशित बनेका थिए । रोहित र मुस्तफाबीच केहि भनाभन भएको थियो । यूएईकै अन्य खेलाडीले मुस्तफालाई चुप रहन भन्दै तानेर लगेका थिए ।
रोहित भने त्यस्तो केहि नभएको बताउँछन् । ‘ब्याटमा लागेर प्याडमा लागेको थियो । मैले अम्पायरलाई ब्याटमा लागेको छ भनेर भनेको थिए । मुस्तफाले मलाई अम्पायरलाई केहि नभन भनेर भनेको थियो । त्यति भनेपछि आक्रोश अलि बढी भयो’, मुस्तफासँगको विवाद बारे रोहितले भने ।
जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भयो । युएईलाई सस्तैमा अल अउट गर्न नेपालका ललितनारायण राजवंशीले सर्वाधिक पाँच विकेट लिएका थिए । नेपालले अव सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । दुवै खेल जितेमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ ।
भिडियो हेर्नुहोस् :
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]