default_image

1 year ago

March 13, 2023

पारस क्रिस गेलको टोलीविरुद्ध प्लेइङ-११ मा

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा वर्ल्ड जायन्ट्सविरुद्ध पहिला ब्याटिङ गर्दैछ । दोहामा भएको टसमा जायन्ट्सका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । फिन्चले फिल्डिङ गर्ने निर्णय लिएपछि पारस सम्मिलित एसिया लायन्सले पहिला पहिला ब्याटिङ गर्दैछ ।

एसियाको प्लेइङमा नेपालका पारस खड्काले निरन्तरता पाएका छन् । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दोहामा सुरु हुनुपर्ने थियो । तर आउटफिल्ड झिजेको कारण खेल निर्धारित समय भन्दा ढिलो सुरु भएपछि १०-१० ओभरमा झारिएको थियो ।

दुवै टोली लगातार दोस्रो जितको सोचमा छन् । एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले हराएको थियो । जायन्ट्सले इन्डियालाई २ रनले हराएको थियो । पारसले पहिलो खेलमा भारतविरुद्ध २ बलमा ३ रन बनाएका थिए । एसियाले आज पनि पारसलाई मौका दिने सम्भावना छ ।

इन्डियालाई हराउन एसिया लायन्सका मिस्बाह उल हकले ५० बलमा २ चौका र ४ छक्कासहित ७३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । ओपनर तिलकरत्ने दिलशनबाट एसिया उत्कृष्ट सुरुवात चाहन्छ । कप्तान शाहिद अफ्रिदी टोलीका प्रमुख हतियार हुन् ।

एसियाको प्लेइङ ११ : उपुल थरंगा, तिलकरत्ने दिलशान, मिस्बाह उल हक, अस्गर अफघान, सोहेल तनविर, अब्दुर रजाक, शाहिद अफ्रिदी, पारस खड्का, थिसेरा परेरा, मोहम्मद हफिज र अब्दुल रजाक ।

जायन्ट्सको प्लेइङ ११ : रिचर्डो पावेल, शेन वाटसन, लेन्डल सिमन्स, आरोन फिन्च, मोर्ने भान, रस टेलर, केभिन ओ ब्रायन, ज्याकक्विस क्यालिस, क्रिस गेल, मन्टी पनेसार र पल कलिङवुड ।

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

Success

Thank you for your time.