3 years ago
March 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स लिग क्रिकेट मास्टर्समा आज इन्डिया महाराजसविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ मा दोहामा रहेको वेस्टइन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ।

एसिया लगातार तेस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा भारतलाई ९ रनले हराएको थियो । दोस्रो खेलमा वल्र्ड जायन्ट्सलाई ३५ रनले हराएको थियो । लायन्सका पाकिस्तानका पूर्व कप्तान मिस्बाह उल हक उच्च लयमा छन् । जायन्ट्सलाई हराउन मिस्बाहले १९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाएका थिए ।
भारतविरुद्ध मिस्बाहले ५० बलमा २ चौका र ४ छक्कासहित ७३ रन जोडेका थिए । दुवै खेलमा मिस्बाह प्लेयर अफ द म्याच चुनिएका थिए । पारस खड्काले भारतविरुद्ध अन्तिम ओभरमा मौका पाउँदै २ बलमा ३ रन बनाएका थिए । जायन्ट्सविरुद्ध टोलीमा रहेपनि १० ओभरको खेल हुँदा ब्याटिङ र बलिङको अवसर पाएका थिएनन् । पारसले मध्यक्रममा ब्याटिङ गर्नेछन् ।
यदि टोलीले सुरुवातमै दुई तीन विकेट गुमाएमा पारसले अघि ब्याटिङ गर्दै इनिङ सम्हाल्ने अवसर पाउनेछन् । राम्रो सुरुवात गर्दा भने अन्त्यतिर नै पर्खनुपर्ने हुन्छ । एसिया उपुल थरंगा र तिलकरत्ने दिलशाबाट राम्रो सुरुवात चाहन्छ ।
कप्तान शाहिद अफ्रिदी दुवै खेलेमा ब्याटिङमा चलेका छैनन् । अफ्रिदीबाट विष्फोटक अन्त्य चाहन्छ । शोएब अख्तरले आजको खेल खेल्ने सम्भावना छ । शोएब अख्तरले सोहेल तनविरको स्थान लिनसक्छन् । मोहम्मद अमिर पनि टोलीमा छन् ।

यता भारतका गौतम गम्भीरले पहिलो जितको खोजीमा हुनेछन् । भारत जायन्ट्ससँग दुई रनले पराजित भएको थियो । कप्तान गौतम गम्भीर राम्रो लयमा छन् । गम्भीरले एसियाविरुद्ध ५४ र जायन्ट्सविरुद्ध ६८ रन जोडेका थिए । भारत रोविन उथप्पा, मुरली विजय, सुरेश रैना र युसुफ पठानबाट राम्रो ब्याटिङ चाहन्छ ।
हरभजन सिंह, प्रविन ताम्बे र श्रीश्रान्त बलरको रुपमा छन् । तीन टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । एसिया २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । जायन्ट्स २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । भारत भने दुवै खेलमा पराजित हुँदै पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]