default_image

1 year ago

March 15, 2023

युएईविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत बिहीबार युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ।

अन्तिम खेलमा युएईलाई पराजित गर्दा जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउनेछ। पराजित भएमा भने नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। वर्षा वा कुनै कारण खेलको नतिजा नआएपनि नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपालले गुमाउँदा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ।

युएईले शीर्ष पाँचमा रहदै सोझै ओडिआई मान्यता अवसर गुमाई सकेकोछ । युएईले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफमा जर्सी र क्यानडालाई पछि पार्न सके आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गर्नेछ । अन्यथा युएईको ओडिआई मान्यता गुम्नेछ।

नेपाल लिग २ को अन्तिम खेलमा सानदार जित हात पार्न चाहन्छ । त्यसैले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्ने प्रयास गर्नेछ । नेपालले टोलीको रणनीति, विपक्षी टोली र पिच कन्डिसन हेरेर विश्वकप छनोटमा पुग्न निर्णायक खेलमा आफ्नो प्लेइङ ११ निर्धारण गर्ने देखिन्छ । नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनीलाई ९५ रनमा अल आउट गरेको थियो । ९६ रनको लक्ष्य ७.५ ओभरमा पूरा गरेको थियो । त्यस्तै युएईलाई ७१ रनमा अल आउट गरेको थियो ।

नेपालको टोलीमा पछिल्लो खेलमा पपुवा न्युगिनीविरुद्ध ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी र गुलशन झा बेन्चमा थिए । टोलीमा परिवर्तन गर्न यी तीन खेलाडी मध्य कसैलाई मौका दिनुपर्छ । मौका दिन कुनैपनि खेलाडीको आवश्यकता हुनुपर्छ । पछिल्ला दुई खेलको प्रदर्शन हेर्दा नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना देखिदैन ।

ज्ञानेन्द्र मल्ललाई मौका दिन मध्यक्रम र शीर्षक्रम मध्य कसैलाई बेन्चमा राख्नु पर्ने हुन्छ । तेस्रो नम्बरमा कुशल मल्ल खेल्दै आएका छन् । कुशलले उत्कृष्ट प्रदर्शन गर्नुको साथै स्पिन बलिङ गर्दै आएका छन् ।

बायाँ हाते ब्याटर हुँदा रणनीतिमा पनि फाइदा हुँदै आएको छ । विष्फोटक ब्याटरलाई बाहिर नराख्ने निश्चित छ । मध्यक्रममा आरिफ शेख र भीम सार्कीलाई बेन्चमा राखेर ज्ञानेन्द्रलाई मौका दिने सम्भावना छैन । भीम र आरिफ दुवैले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । टोलीमा ठाउँ नहुँदा ज्ञानेन्द्र बेन्चमै बस्ने देखिन्छ।

बाँकी दुई तीव्र गतिका बलर प्रतिश जि.सी र गुलशन झा पनि बेन्चमा बस्ने सम्भावना देखिन्छ । करण केसी र सोमपाल कामी नेपालका पहिलो रोजाईका प्रमुख तीव्र गतिका बलर हुन् । यी दुई बलरलाई निरन्तरता दिनेछ । स्पिनरमा सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् । नेपालले चार मात्रै प्रमुख तीव्र गतिका बलर मैदान उतार्नेछ । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र आरिफ शेख पार्टटाइम बलर हुनेछन् ।

नेपालको टोली हेर्दा कुनैपनि खेलाडी परिवर्तनको सम्भावना भने देखिदैन । नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई मैदान उतार्नेछ । यी दुवै ओपनर राम्रो लयमा छन् । आसिफले पपुवा न्युगिनीविरुद्ध पछिल्ला तीन इनिङमा ८६, १ सय १० र ६३ रन जोडेका छन् । कुशल राम्रो सुरुवात दिदै आउट भएका छन्।

कुशल मल्ल तेस्रो ,रोहित पौडेल चौथो र भीम सार्की पाँचौं नम्बरमा खेल्नेछन् । भीमले पछिल्ला तीन इनिङमा ७०,४४, २९ रन जोडेका थिए । त्यसपछि छैटौंमा आरिफ शेख, सातौंमा दीपेन्द्रसिंह ऐरी र आठौंमा सोमपाल कामी हुनेछन् । यी तीन खेलाडीबाट नेपाल राम्रो अन्त्य चाहन्छ । दीपेन्द्रको भूमिका फिनिसर हुनेछ । करण नवौं, सन्दीप १० औं र ललितनारायण राजवंशी ११ औं नम्बरमा खेल्नेछन् । ललित बाहेक अन्य सबै खेलाडी ब्याटिङको क्षमता राख्छन्।

नेपाल ७ ब्याटरका साथ मैदान उत्रर्नेछ । चार प्रमुख बलर र तीन पार्टटाइम बलर विकल्पमा राख्नेछ । नेपालको ब्याटिङ प्रमुख हतियार हुनेछ । स्पिन आक्रामण पनि उत्कृष्ट छ । युएईलाई ७१ रनमा अल आउट गर्न ललितले पाँच विकेट लिएका थिए ।

स्पिनरमा सन्दीप र ललितसँगै दीपेन्द्र र कुशल मल्ल हुनेछन् । स्पिनरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । टोलीमा बेन्चमा रहेका खेलाडीको भूमिका आवश्यक नहुँदा टोलीमा परिवर्तनको सम्भावना देखिदैन ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.