default_image

1 year ago

March 15, 2023

टियुमा पछिल्ला ९ खेलमा अपराजित नेपाल

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले घरेलु मैदान टियुमा सानदार प्रदर्शन गर्दै आएकोछ । घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाएको नेपालले पछिल्ला ९ ओडिआई खेलमा टियुमा लगातार जित हात पारेकोछ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत बिहीबार युएईसँग निर्णायक खेल खेल्दैछ।युएईलाई पराजित गर्दा जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउनेछ। पराजित भएमा भने नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन् ।

वर्षा वा कुनै कारण खेलको नतिजा नआएपनि नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ । नेपालले गुमाउँदा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ।

पछिल्लो खेलमा नेपालले युएईलाई आइतबार ७१ रनमा अल आउट गर्दै १ सय ७७ रनले विजयी भएको थियो । नेपालले खेलेका पछिल्ला १० मध्य ९ ओडिआई खेल टियुमा जितेको छ । पछिल्ला ९ खेलमा हार व्यहोर्नु परेको छैन । नेपालले टियुमा ओडिआईमा अन्तिम पटक हार २०२२ नोभेम्बर १४ मा युएईविरुद्ध पहिलो ओडिआई खेलमा ८४ रनले पराजित भएको थियो।

२ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा ३ विकेट र तेस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गर्दै सिरिज जितेको थियो । अघिल्लो महिना नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियालाई २ विकेट र ३ विकेटले हराएको थियो।
स्कटल्यान्डलाई स्कटल्यान्डलाई ३ विकेट र २ विकेटले हराएको थियो । त्यस्तै यसै साता पपुवा न्युगिनीलाई ५२ रन र ९ विकेटले हराएको थियो । युएईलाई १ सय ७७ रनले हराएको थियो।

पछिल्ला ९ जित मध्य नेपालको ७ जित लक्ष्य पछ्उँदा थियो । आइसिसी विश्वकप लिग २ मा नेपाल पछिल्ला ८ खेलमा अपराजित छ । नेपालले २०२० को फेब्रुअरीमा अमेरिकालाई ३५ रनमा अल आउट गर्दै ८ विकेटले विजयी भएको थियो ।

त्यसपछि लिग २ मा कुनै हार व्यहोरेको छैन । नेपालले टियु मैदानमा आइसिसी लिग २ का ११ खेल खेल्दा ९ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ । नेपाल घरेलु मैदानको फाइदा उठाउँदै युएईलाई स्तब्ध पार्दै सोझै विश्वकप खेल्ने सोचमा हुनेछ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.