default_image

1 year ago

March 16, 2023

नेपालले टस हार्यो

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम युएईविरुद्ध टस हारेकोछ । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झालाई खेलाउँदा करण केसीलाई बेन्चमा राखेको छ । टोलीमा अन्य कुनै परिवर्तन छैन ।

टियु गेटमा दर्शकको बिहान नै बाक्लो उपस्थित छ । युएई र नेपालको टोली बिहान ७ ः ५५ मा टियु मैदानमा आएका थिए । बिहान देखिनै टियु मैदानमा दर्शकको भीड छ । गेट बाहिर र मैदान परिसमा दर्शकको बिहान नै बाक्लो उपस्थीति रहेको छ । क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री गरेको थियो । क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिएको थियो । आज त्यसैको कारण टिकट टियुमा बेचिएको छैन । सुरक्षाकर्मीलाई सुरक्षा दिन धौं धौं पर्ने अवस्थाछ ।

घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

वर्षा वा कुनै कारण खेलको नतिजा नआए र अंक बाँड्नु परेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ। कुनै कारण खेल नतिजा विहीन हुँदै अंक बाँड्नु पर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ।


युएई ३५ खेलमा १५ जित र १७ हारसहित ३३ अंकका साथ छैटौं स्थानमा छ। युएईले शीर्ष पाँचमा रहदै सोझै ओडिआई मान्यता अवसर गुमाई सकेकोछ। युएईले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफमा जर्सी र क्यानडालाई पछि पार्न सके आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गर्नेछ । अन्यथा युएईको ओडिआई मान्यता गुम्नेछ । युएई जिम्बावेमा हुने विश्वकप छनोट खेल्न प्लेअफमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ। लिग२ मा नेपाल र युएईबीच कुल १२ खेल हुँदा समान ६ मा जित र हार छ ।


नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.