default_image

1 year ago

March 16, 2023

वासिमको नेपालविरुद्ध आक्रामक अर्धशतक

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईका कप्तान मोहम्मद वासिमले आइसिसी विश्वकप लिग २ मा निर्णायक खेलमा नेपालविरुद्ध आक्रामक अर्धशतक पूरा गरेका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १५ ओभरमा १ विकेट गुमाउँदै ८९ रन बनाएको छ । मोहम्मद वासिम ४६ बलमा २ चौका र ५ छक्कासहित ५६ रनमा क्रिजमा छन् ।

वासिमले पपुवा न्युगिनीविरुद्ध बुधबार ७६ बलमा ६ चौका र १२ छक्कासहित १ सय १९ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । त्यो लयलाई निरन्तरता दिँदै नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । वासिमले १५ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेलाई लङअनमा छक्का हान्दै अर्धशतक पूरा गरेका थिए ।

वृत्य अरविन्द ३७ बलमा २ चौकासहित १७ रनमा क्रिजमा अविजित छन् । दोस्रो विकेटका लागि वासिम र वृत्यले ७० रनको साझेदारी गरि सकेका छन् । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले नवौं ओभरको चौथो बलमा वृत्य अरविन्दलाई ८ रनमा कट एण्ड बोल्ड गर्नबाट चुकेका थिए ।

स्पिनर ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौं बलमा आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.