default_image

3 years ago

March 20, 2023

पारस सम्मिलित एसियाले उपाधिको लागि वर्ल्डसँग खेल्दै

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स लिग क्रिकेट मास्टर्सको फाइनलमा आज वर्ल्ड जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दोहामा रहेको वेस्टइन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ।

आरोन फिन्च कप्तान भएको जायन्ट्स लिगमा शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । एसियाले एलिमिनेटर खेलमा इन्डिया महाराजसलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । लिगको पहिलो खेलमा एसियाले जायन्ट्सलाई ३५ रनले हराएको थियो । दोस्रो खेलमा २० रनले हराएको थियो ।

पारस खड्काले पाँच मध्य चार खेल खेलेका छन् । दुई खेलमा मात्रै ब्याटिङको अवसर पाएका थिए । भारतविरुद्ध पहिलो खेलमा अन्तिम ओभरका मौका पाउँदा २ बलमा ३ रन जोडेका थिए । जायन्ट्सविरुद्ध १० बलमा ८ रन बनाउँदै रन आउट भएका थिए । पारस टोलीमा रहेपनि ब्याटिङको अवसर पाउन सकेका छैनन् ।

एसियाको टोलीमा ब्याटिङमा गहिराई छ । ओपनरमा उपुल थरंगा र तिलकरत्ने दिलशान छन् । थिसेरा परेरा, मस्बिाह उल हक, मोहम्मद अफिज, शाहिद अफ्रिदी, अस्गर अफगान, अब्दुल रजाकपछि मात्रै पारसले मौका पाउँदै आएका छन् । एसियाको विकेट सुरुवातमा चाँडै गुमेको खण्डमा मात्रै पारसले मौका पाउने देखिन्छ ।

एसियाको टोलीमा शोएब अख्तर, सोहेल तनविर र मोहम्मद आमिर जस्ता बलर छन् । उता जायन्ट्समा क्रिस गेल, आरोन फिन्च, हासिम आमला, शेन वाटसन, ज्याकक्विस कालिस र केभिन ओ ब्रायन जस्ता विश्व चर्चित ब्याटर छन् ।

ब्रेट ली जायन्ट्सका प्रमुख बलर हुन् । पछिल्ला पाँच खेलमा एसियाले दुई पटक मात्रै जायन्ट्सविरुद्ध जित हात पारेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.