default_image

1 year ago

March 25, 2023

पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

196 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराउँदै इतिहास रचेको छ । अफगानिस्तानले पहिलो टि२० आई खेलमा शुक्रबार राती पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानविरुद्ध कुनैपनि खेलमा अफगानिस्तानले जित निकालेको यो पहिलो पटक हो ।

जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।अफगानिस्तानको जितमा मोहम्मद नाबी ३८ बलमा ३ चौका र १ छक्कासहित ३८ रनमा अविजित रहे । नाजिबउल्लाह जद्रान २३ बलमा २ चौकासहित १७ रनमा अविजित रहे । एक समय ४५-४ को अवस्थामा पुगेको अफगानिस्तानलाई नाबी र जद्रानले ४८ रनको अविजित साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर इहसानउल्लाहले करिअरकै पहिलो बलमा इब्राहिम जद्रानलाई ९ रनमा आजम खानबाट क्याच गराएका थिए । गुलबदीन नाइब पनि शुन्यमा क्याच आउट भए । नसिम साहको बलमा रहमानउल्लाह गुरबाज अब्दुल्लाह शफिकबाट १६ रनमा क्याच आउट भएका थिए ।

इमाद वासिमले करिम जन्नतलाई ७ रनमा बोल्ड गरे । पाकिस्तानका इहसानउल्लाहले ३.५ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । नसिम शाह र इमाद वासिमले एक एक विकेट लिए ।

त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनायो । पाकिस्तानले बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखर अहमद, फखार जमान शाहिन शाह अफ्रिदी, हरिस रौफ लगयात आफ्ना प्रमुख खेलाडीलाई यस सिरिजमा विश्राम दिएको छ । नयाँ खेलाडीलाई मौका दिएको थियो ।

पाकिस्तानका इमाद वासिमले ३२ बलमा सर्वाधिक १८ रन बनाए । डेब्यू खेल खेलेका सैम अयुब १५ बलमा २ चौका र १ छक्कासहित १७ रनमा आउट भए । मोहम्मद हरिस ६, शफिक शून्य, तयाब ताहिर १६ र आजम खान शून्यमा आउट भए ।
शादब खानले १८ बलमा १२ रन बनाए ।

अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर रहमान र मोहम्मद नाबीले दुई दुई विकेट लिए । कप्तान राशिद खान, नविन उल हक र आजमतुल्लाह ओमरजाईले एक एक विकेट लिए ।

दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ । सबै खेल शारजाहमा हुनेछन् । पाकिस्तानले पहिलो खेलमा जमान खान, इहसानउल्लाह, सैम अयुब र तयाब ताहिरलाई डेब्यू दिएको थियो ।

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

Success

Thank you for your time.