default_image

3 years ago

March 29, 2023

पहिलो जितको खोजीमा नामिबिया र पपुवा न्युनिगी

191 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा आज घरेलु टोली नामिबियाले पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : १५ मा युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा सुरुहुनेछ ।

पहिलो खेलमा नामिबिया अमेरिकासँग ८० रनले पराजित भएको थियो । पपुवा न्युगिनी युएईसँग २१ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउन यी दुबै टोलीलाई जित आवश्यक देखिन्छ । ६ टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोलीले मात्रै विश्वकप छनोट खेल्न पाउनेछन् ।

नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी लिग २ बाट प्लेअफमा झरेका हुन् । क्यानडा र जर्सी भने च्यालेन्ज लिग ए र बी बाट आएका छन् । पपुवा न्युगिनीले लिग–२ मा नामिबियासँगै सबै ६ खेलमा नै पराजित भएको थियो । पपुवा न्युगिनीले युएईविरुद्ध २ सय ६१ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा राम्रो सुरुवात गरेको थियो ।

ओपनर किप्लिङ डोरिगा र टोनी उराले २०.३ ओभरमा १ सय ४६ रनको साझेदारी गरेका थिए । ओपनरले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । पपुवा न्युगिनीका मध्यक्रमका ब्याटर असद भाला र चाल्स अमिनीले राम्रो खेल्नुपर्ने हुन्छ ।
पपुवा न्युगिनीले लिग २ मा पुछारमा रहँदै सोझै ओडिआई मान्यता अवसर पनि गुमाई सकेको छ । ओडिआई मान्यता जोगाउन कम्तिमा जर्सी र क्यानडालाई पछि पार्नुपर्ने हुन्छ ।

लिग २ बाट ओडिआई मान्यता अवसर गुमाएको युएईलाई पनि जर्सी र क्यानडालाई पछि पार्नुपर्ने हुन्छ । पपुवा न्युगिनीका चाद सोफर र सेमा कमियाले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । नर्मन भानुवाबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । स्पिनरमा असद भालाको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

यता घरेलु टोली नामिबियालाई शीर्ष दुईमा रहन आजको खेलमा जित्नै पर्ने दबाबछ । कप्तान जेरार्ड इरास्मस, माइकल भान लिंगेन र जान निकालेल लोफ्टीबाट उत्कृष्ट ब्याटिङ चाहन्छ । अमेरिकाले दिएको २ सय ३२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नामिबिया १ सय ५१ रनमा अल आउट भएको थियो ।

डेविड विजा र जेजे स्मित नहुँदा केहि समस्यामा पर्दै आएको छ । तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान नामिबियाका प्रमुख हतियार हुन् । त्यस्तै आजको अर्को खेलमा दुई छिमेकी टोली अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोली लगातार दोस्रो जितको सोचमा छन् ।

क्यानडाले डेब्यू गरेको जर्सीलाई पहिलो खेलमा ३१ रनले हराएको थियो । अमेरिका उपाधिको दाबेदार टोली हो । स्टिभ टेलर, सुशान्त मोदानी, मोनांक पटेल र आरोन जोन्स जस्ता अनुभवी ब्याटर छन् । टेलर र पटेलको प्रदर्शन महत्वपूर्ण हुनेछ । अमेरिकाका अली खान र सौरभ नेत्रवालकर प्रमुख बलर हुन् ।

क्यानडाका विजयरत्ने श्रीमन्था प्रमुख ब्याटर हुन् । उनले जर्सीविरुद्ध अर्धशतक प्रहार गरेका थिए । त्यस्तै अष्ट्रेलियामा घरेलु क्रिकेट खेलेर हुर्किएका म्याथ्यु स्पोर्स नायक बन्न सक्छन् । निखिल दत्त अलराउन्डर हुन् । साद बिन जाफर र कलिम साना प्रमुख बलर हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.