default_image

3 years ago

March 29, 2023

लिटनको कीर्तिमानी ब्याटिङमा बंगलादेशको विशाल योगफल

338 views

0 Bookmark

एजेन्सी – ओपनर लिटन दासको कीर्तिमानी ब्याटिङमा बंगलादेशले दोस्रो टि२० आई खेलमा आयरल्यान्डलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ । जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित १७ ओभरमा ३ विकेट गुमाउँदै २ सय २ रन बनायो ।

वर्षाको कारण खेल सुरु हुन ढिलो हुँदा ३ ओभर खेल घटेको थियो । बंगलादेशका ओपनर लिटन दासले ४१ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए । दासले १८ बलमा अर्धशतक पूरा गरेका थिए । कुनैपनि बंगलादेशका ब्याटरले टि२० आईमा सर्वाधिक छिटो बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनले १६ वर्षअघि मोहम्मद अशरफुलले दक्षिण अफ्रिकामा भएको टि२० विश्वकपमा वेस्टइन्डिजविरुद्ध २० बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोडेका हुन् । गतवर्ष टि२० विश्वकपमा भारतविरुद्ध दासले २१ बलमा अर्धशतक प्रहार गरेका थिए ।
पहिलो विकेटका लागि लिटन दास र रोनी तालुकदारले ९.२ ओभरमा १ सय २४ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।

बंगलादेशबाट टि२० आईमा भएको कुनैपनि विकेटका लागि भएको यो दोस्रो उच्च र ओपनरको सर्वाधिक ठूलो साझेदारी हो ।
यसअघि दोस्रो विकेटका लागि तमिम इकबाल र महमुदूल्लाह रियादले वेस्टइन्डिजविरुद्ध २०१२ मा १ सय ३२ रनको शतकीय साझेदारी गरेका थिए । ओपनरको रुपमा उच्च साझेदारी यसअघि मोहम्मद नइम र सौम्य सरकारले जिम्बावेविरुद्ध २०२१ मा १ सय २ रनको शतकीय साझेदारी गरेका थिए ।

बंगलादेशले ७.१ ओभरमै १ सय रन पूरा गरेको थियो । कप्तान सकिब अल हसन २४ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा अविजित रहे । तौहिद हृदोय १३ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए ।

आयरल्यान्डका स्पिनर बेन्जामिन ह्वाइटले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले ४ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.