default_image

3 years ago

March 29, 2023

नामिबिया बन्यो ओडिआईमा सर्वाधिक रन बनाउने एसोसिएट टोली

249 views

0 Bookmark

एजेन्सी – नामिबिया ओडिआई इतिहासमा एकै खेलमा सर्वाधिक रन बनाउने एसोसियट टोली बनेकोछ । आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीविरुद्ध घरेलु टोली नामिबियाले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८१ रन बनाउँदै उक्त इतिहास रचेको हो ।

नामिबियाले स्कटल्यान्डको कीर्तिमान तोडेको हो । यसअघि एसोसिएट टोलीको रुपमा ओडिआईमा सर्वाधिक ठूलो योगफल स्कटल्यान्डले इंग्ल्यान्डविरुद्ध २०१८ जुनमा ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ७१ रन बनाएको थियो । उक्त खेलमा स्कटल्यान्ड ६ रनले विजयी हुँदै विश्व क्रिकेटमा सनसनी मच्चाएको थियो । अन्य कुनैपनि एसोसिएट टोलीले ओडिआईमा ३ सय ५० योगफल कटाएका छैनन् ।

ओडिआईमा सर्वाधिक रन बनाउने कीर्तिमान इंग्ल्यान्डको नाममा छ । इंग्ल्यान्डले गतवर्ष नेदरल्यान्ड्सविरुद्ध ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय ९८ रन बनाएको थियो । इंग्ल्यान्डले नै अष्ट्रेलियाविरुद्ध २०१८ मा ६ विकेट गुमाउँदै ४ सय ८१ रन बनाएको थियो । अन्य कुनैपनि टोलीले ओडिआईमा ४ सय ५० को योगफल कटाउन सकेका सकेका छैनन् ।

सर्वाधिक रन बनाउने तेस्रो स्थानमा पनि इंग्ल्यान्डनै छ । २०१६ मा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध ३ विकेट गुमाउँदै ४ सय ४४ रन बनाएको थियो । श्रीलंकाले २००६ मा नेदरल्यान्ड्सविरुद्ध ९ विकेट गुमाउँदै ४ सय ४३ रन बनाएको थियो । नामिबियाले बनाएको उक्त रन ओडिआई इतिहासकै ४५ औं ठूलो योगफल पर्दछ ।

यसअघि नामिबियाले ओडिआईमा २०२० मा ओमानविरुद्ध ७ विकेट गुमाउँदै ३ सय २४ रन बनाएको थियो । उक्त लक्ष्य नामिबियाको ओडिआईमा उच्च रहँदै आएको थियो । घरेलु मैदान र कन्डिसनको फाइदा उठाउँदै नामिबियाले रनको वर्षा गराएको हो । आइसिसी विश्वकप लिग २ मा नेपालसँग एक अंकले पछि परेपछि नामिबियाले विश्वकप प्लेअफ खेल्नुपरेको हो ।

नेपाल ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोटमा पुगेको थियो । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ चौथो स्थानमा रहेपछि प्लेअफ खेल्नु परेको हो । नेपाल भ्रमणमा चारै खेल हार्नु नामिबियाको लागि घातक बनेको थियो ।

प्लेअफमा लिग-२ का पुछारका चार टोली घरेलु टोली नामिबिया, अमेरिका, युएई, पपुवा न्युगिनीसँगै च्यालेन्ज लिग ए, बी का विजेता क्यानडा र जर्सी गरि कुल ६ टोली छन् । हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष दुई टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

नामिबिया र अमेरिकाले लिग-२ बाटनै ओडिआई मान्यता जोगाई सकेका छन् । युएई र पपुवा न्युगिनीलाई ओडिआई मान्यता जोगाउन जर्सी र क्यानडालाई पछि पार्नुपर्ने हुन्छ । अन्यथा चार वर्षको लागि ओडिआई गुम्नेछ । विश्वकप छनोटमा लिग-२ का शीर्ष तीन टोली नेपाल, स्कटल्यान्ड, ओमानसँगै प्लेअफका शीर्ष दुई र सुपर लिगका पाँच टोली हुनेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

सुपर सिक्स हुँदै शीर्ष दुईमा रहने टोलीले मात्रै भारतमा अक्टोबर नोभेम्बरमा हुने विश्वकप खेल्न पाउनेछन् । पहिलो खेलमा नामिबिया अमेरिकासँग ८० रनले पराजित भएको थियो । अव नामिबियालाई विश्वकप छनोटमा पुग्न बाँकी सबै खेलमा जित आवश्यक पर्दछ ।

नामिबिया कप्तान जेरार्ड इरास्मसले १ सय १३ बलमा ११ चौका र ५ छक्कासहित १ सय २५ रनको कप्तानी इनिङ खेले । एक समय नामिबिया १०–२ को दयनीय अवस्थामा पुगेको थियो । आफ्नो ओडिआई करिअरको दोस्रो खेल खेलेका ओपनर निकोलस डेविनले ७९ बलमा १३ चौका र १ छक्कासहित ९० रनको एक यादगार इनिङ खेले ।

तेस्रो विकेटका लागि जेरार्ड र डेविनले १ सय ५१ रनको शतकीय साझेदारी गरेका थिए । चौथो विकेटका लागि जेरार्ड र जान निकोल लोफ्टी इआटनले १ सय ३० रनको सानदार साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । निकोल ५९ बलमा ६ चौका र २ छक्कासहित ६१ रनमा आउट भए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.