default_image

3 years ago

March 29, 2023

सकिब र लिटनको सानदार प्रदर्शनमा बंगलादेशलाई एक खेल अगावै सिरिज

130 views

0 Bookmark

एजेन्सी – कप्तान सकिब अल हसन र ओपनर लिटन दासको सानदार प्रदर्शनमा बंगलादेशले दोस्रो टि२० आई खेलमा आयरल्यान्डलाई ७७ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ।

जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित १७ ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनायो । आयरल्यान्डका मध्यक्रमका ब्याटर कर्टिस क्याम्फरले ३० बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए । अन्य कुनैपनि आयरल्यान्डका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

लज्जास्पद ब्याटिङ गर्नेक्रममा आयरल्यान्डका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ह्यारी टेक्टर २२ र ग्राह हुमेले २० रन जोडे । बंगलादेशका सकिब अल हसनले ४ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर तस्किन अहमदले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित १७ ओभरमा ३ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । वर्षाको कारण खेल सुरु हुन ढिलो हुँदा ३ ओभर खेल घटेको थियो । बंगलादेशको जितमा ओपनर लिटन दासले ४१ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए ।

दासले १८ बलमा अर्धशतक पूरा गरेका थिए । उनी बंगलादेशबाट सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । उनले २००७ मा मोहम्मद शरिफुलले वेस्टइन्डिजविरुद्ध २० बलको कीर्तिमान तोडेका हुन् ।

पहिलो विकेटका लागि लिटन दास र रोनी तालुकदारले ९.२ ओभरमा १ सय २४ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । बंगलादेशबाट टि२० आईमा ओपनरले गरेको उच्च साझेदारी हो । मोहम्मद नइम र सौम्य सरकारले जिम्बावेविरुद्ध २०२१ मा १ सय २ रनको शतकीय साझेदारी गरेका थिए ।

कप्तान सकिब अल हसन २४ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा अविजित रहे । तौहिद हृदोय १३ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए ।

आयरल्यान्डका स्पिनर बेन्जामिन ह्वाइटले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले ४ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा बंगलादेश २२ रनले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.