default_image

3 years ago

March 30, 2023

ज्ञानेन्द्रसहित ५ क्रिकेट खेलाडीलाई फिनिक्स कलेजको सम्मान

400 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लसहित आफ्नो कलेजमा अध्ययनरत ५ क्रिकेटरलाई फिनिक्स अलेज अफ म्यानेजमेन्टले बिहीबार नगदसहित सम्मान गरेको छ ।


विश्व कप ग्लोबल छनोटमा पुर्याउन सफल टोलीका सदस्य ज्ञानेन्द्र, कुशल भुर्तेलसहित कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई फिनिक्सले सम्मान गरेको हो । उनीहरुलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । फिनिक्सका ब्रान्ड एम्बेसडर रहेका क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, फिनिक्सका प्राचार्य फत्तबहादुर केसी, फिनिक्सका कार्यकारी निर्देशक लक्ष्मण पोख्रेलले खेलाडीलाई सम्मान गरेका थिए ।

पाँचै जना फिनिक्समा स्नातकमा अध्ययनरत रहेको जानकारी गरायो । क्रिकेटका माध्यमबाट उल्लेखनीय उपलब्धि तथा योगदान पुर्याएका कारण आफ्ना विधार्थीसमेत रहेका खेलाडीलाई सम्मान गरिएको फिनिक्सका प्राचार्य केसीले बताए ।
पूर्व कप्तान खड्काले खेलकुदसँगै अध्ययन पनि खेलाडीका लागि आवश्यक रहेको उल्लेख गर्दै भने,‘ मैले पनि यहि कलेजबाट स्नात्तकोत्तर गरे । अहिलेको खेलाडीले खेल र अध्ययनलाई सन्तुलन गरिरहेका छन् । अध्ययन सबैका लागि जरुरी छ।’

कार्यकारी निर्देशक श्री लक्ष्मण पोख्रेलले राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई उच्च शिक्षा हासिल गर्न उत्प्रेरित गर्न शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराएको जानकारी दिए । मैतीदेवी, काठमाडौंमा अवस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट सन् २०१२ देखि नेपालमा स्नातक र स्नातकोत्तर तहका व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधि संकायका कार्यक्रमहरू सञ्चालन गर्ने पहिलो लिंकन विश्वविद्यालयसँग संबन्धन प्राप्त कलेज हो ।

सम्मानितहरुका तर्फबाट बोल्दै ज्ञानेन्द्रले कलेजलाई धन्यवाद दिए । उनले अध्ययनका लागि उमेर बाधक नहुने सल्लाहबाट आफू पनि फिनिक्सका स्तातकमा अध्ययन गरिरहेको जानकारी दिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.