default_image

1 year ago

April 1, 2023

नेदरल्यान्ड्सलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप नजिक

91 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी सुपर लिगमा नेदरल्यान्ड्समाथि दोस्रो ओडिआई खेलमा ८ विकेटको सहज जितका साथ विश्वकप नजिक पुगेको छ । महत्वपूर्ण १० अंक जोड्दै दक्षिण अफ्रिका आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बलियो बनाएको छ ।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३० ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका जितमा टेम्बा बभुमा ७९ बलमा ८ चौका र १ छक्कासहित ९० रनमा अविजित रहे । एडेन माक्ररम ३९ बलमा ७ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहे ।

माक्ररम र बभुमाले तेस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए । क्विन्टन डि कक ९ र रास्सी भान डर डुसेन ३१ रनमा आउट भए । नेदरल्यान्ड्सका फर्द क्लासेन र आर्यन दत्तले एक एक विकेट लिए ।

त्यसअघि बिनोनी पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४६.१ ओभरमा १ सय ८९ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका तेजा निडामानुरुले ७१ बलमा ३ छक्कासहित सर्वाधिक ४८ रन बनाए । ओपनर विक्रमजित सिंहले ५३ बलमा ४ चौका र ३ छक्कासहित ४५ रन बनाए । अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिकाका सिसान्डा मगलाले ८ ओभरमा २ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । तबरेज शाम्सीले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्कियाले दुई, मार्को यानसन र एडेन माक्ररमले एक एक विकेट लिए ।

दक्षिण अफ्रिका २० खेलमा ८ मा जित र १० मा हारसहित ८८ अंकका साथ नवौं स्थानमा छ । अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्सलाई हराउँदा ९८ अंक हुनेछ । वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ ।

आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंकका साथ ११ औं स्थानमा छ । दक्षिण अफ्रिका सोझै विश्वकपमा पुग्न अन्तिम खेलमा जित निकाल्नुपर्छ । साथै आयरल्यान्डले अर्को महिना घरेलु मैदानमा बंगलादेशसँग हुने तीन खेलको सिरिजमा एक खेल हार्नुपर्ने हुन्छ ।

आयरल्यान्ड सबै खेलमा विजयी हुँदा समान अंक हुँदा नेटरनरेटमा निर्भर रहनेछ । श्रीलंका, जिम्बावे र नेदरल्यान्ड्सले भने आगमी जुन जुलाईमा हुने विश्वकप छनोट खेल्ने पक्का भएको छ । आयरल्यान्ड र वेस्टइन्डिजको पनि उच्च सम्भावना छ ।

विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड र ओमान लिग २ बाट शीर्ष तीनमा रहँदै पुगेका छन् । प्लेअफ क्वालिफायरबाट दुई टोली आउनेछन् । विश्वकप छनोटमा १० टोली हुनेछन् । दुई समूह हुँदै सुपर सिक्सबाट शीर्ष दुईमा रहने टोली विश्वकप खेल्न पाउनेछ ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.