2 years ago
April 1, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो खेलमा आज पन्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ मा मोहालीमा सुरुहुनेछ।
यो आज आइपिएलको पहिलो खेल हो । दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्सबीच बेलुका ७:४५ मा प्रतिस्पर्धा हुनेछ ।
दुबै टोली सानदार विजयी सुरुवात गरेका छन् । पन्जाब र कोलकता दुबैमा नयाँ कप्तान छन् । गतवर्ष पन्जाबको मयंक अग्रवालले कप्तानी गरेका थिए । तर पन्जाबले उनलाई टोलीबाट फुकुवा गरेको थियो । यता कोलकाता नाइट राइडर्सका नितिश राणाले कप्तानी गर्नेछन् । श्रेयस ऐर मेरुदण्डकको तल्लोभागमा चोटका कारण सुरुवाती खेल गुमाउनेछन् ।
पन्जाबका दुई प्रमुख खेलाडी कागिसो रबाडा र लियाम लिभिङस्टोनले कोलकाताविरुद्ध खेल गुमाउनेछन् । रबाडा दक्षिण अफ्रिका टोलीमा हुँदा आइपिएलमा आएका छैनन् । शनिबार नेदरल्यान्ड्ससँग अन्तिम खेलपछि मात्रै उनी पन्जाबमा जोडिनेछन् । विश्वकपमा पुग्न निर्णयक खेलमा दक्षिण अफ्रिकाले प्रमुख खेलाडीलाई नेदरल्यान्ड्ससँगको खेलपछि मात्रै फुकुवा गर्ने ।
लिभिङस्टोन भने चोटका कारण पहिलो खेल गुमाउनेछन् । पन्जाबमा ब्याटरको रुपमा शिखर धवन, म्याथ्यु शर्ट, भारुका राजपक्षे र शाहरुखा खान छन् । ब्याटिङ केहि कमजोरीको रुपमा छ । बलरमा अर्शदीपसिंह र साम करन प्रमुख हतियार हुन् ।
उता कोलकतामा आन्द्रे रसेल प्रमुख बलर हुन् । रसेल विष्फोटक ब्याटिङका लागि चिनिन्छन् ।
नितिश राणा र रहमानउल्लाह गुरबाज छन् । लिटन दास र सकिब अल हसन पहिलो खेलमा उपलब्ध हुने वा नहुने पक्का छैन । शुक्रबार मात्रै यी दुई खेलाडीले बंगलादेशबाट आयरल्यान्डविरुद्ध खेलेका थिए । लोकी फर्गुनस, शार्दुल ठाकुर र उमेश यादव प्रमुख बलर हुन् ।
हेड टु हेड :
कोलकता र पन्जाबबीच कुल ३० खेल भएका छन् । जसमा कोलकता २० र पन्जाब १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा कोलकता तीन खेलमा विजयी भएको छ ।
कोलकताको टोली :
आन्द्रे रसेल, श्रेयस ऐर, बरुणचक्रवर्ती, शार्दुल ठाकुर, लोकी फर्गुसन, नितिश राणा, वेंकटेश ऐर, सुनिल नारायण, उमेश यादव, टिम साउथी, सकिब अल हसन, डेविड विजा, नारायण जगदीशन, वैभव अरोरा, रिंकु सिंह, मन्दीप सिंह, लिटन दास, रहमानउल्लाह गुरबाज, अनुकुल रोय, कुलवान्त खेजरोलिया, हर्षहित राना र सुयश शर्मा ।
पन्जाब टोली :
साम करन, लियाम लिभिङस्टोन, कागिसो रबाडा, शाहरुख खान, शिखर धवन, जोनी बेयरस्टो, राहुल चाहर, अर्शदीपसिंह, हरप्रीत ब्रार,राज अंगद बाबा, नाथन एलिस, प्रभसिमरन सिंह, ऋषी धवन, सिकन्दर राजा, भानुका राजपक्षे, हरप्रीत भाटिया, अथर्व तायडे, मोहित राथे, शिवम सिंह, बालजित सिंह, जितेश शर्मा र विद्धत कावेरप्पा ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ । बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । […]