2 years ago
April 1, 2023
एजेन्सी – अशा ट्राइब र जोश लरेन्सनको ऐतिहासिक शतकमा जर्सीले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीलाई २ सय ९२ रनको विशाल लक्ष्य दिएको छ ।
युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा विन्डहोकमा टस जितेर पहिला ब्याटिङ रोजेको जर्सीले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९१ रन बनायो । जर्सीको यो ओडिआईमा उच्च योगफल हो । यसअघि दोस्रो खेलमा नामिबियाविरुद्ध २ सय १३ रन बनाएको थियो ।
जर्सीका अशा ट्राइब १ सय ४३ बलमा ८ चौका र २ छक्कासहित १ सय १५ रनमा अविजित रहे । उनी जर्सीबाट ओडिआईमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।
त्यस्तै जोश लरेन्सन १ सय ५ बलमा ११ चौका र २ छक्कासहित १ सय १४ रनमा आउट भए । यी दुबै ब्याटरको पहिलो करिअरको शतक हो । जर्सीले तेस्रो ओडिआई खेल खेलि राखेको छ । यसै प्लेअफका सबै खेल ओडिआई मान्यता हुने भएपछि जर्सीले उक्त मान्यता पाएको हो ।
तेस्रो विकेटका लागि लरेन्सन र ट्राइबले २ सय ३२ रनको कीर्तिमान साझेदारी गरेका थिए । जर्सीका कुनैपनि खेलाडीले कुनैपनि विकेटका लागि गरेको यो उच्च साझेदारी हो । पपुवा न्युविनीका चाद सोफर र सेमो कमियाले समान दुई विकेट लिए । ओडिआई मान्यता पाउन दुबै टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ ।
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]