default_image

1 year ago

April 1, 2023

भारतीय मुलका सिंहको शतकमा युएईलाई क्यानडाको प्रतिस्पर्धात्मक लक्ष्य

72 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर पर्गत सिंहको शतकमा क्यानडाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा युएईलाई २ सय ५५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । विन्डहोकमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडा ४८.५ ओभरमा २ सय ५४ रनमा अल आउट भयो ।

क्यानडाका पर्गत सिंहले ९६ बलमा १३ चौका र २ छक्कासहित १ सय २ रनको शतकीय इनिङ खेले । निकोलस किर्टोनले ६४ बलमा १ चौकासहित ५० रन जोडे । सिंह भारतीय मुलका खेलाडी हुन् । उनले २०१६ सम्म भारतीय रणजी ट्रर्फी लगायतका अन्य घरेलु प्रतियोगिता खेलेका थिए । पन्जाबबाट घरेलु क्रिकेटमा राम्रो गर्न नसकेपछि उनी क्यानडातर्फ लागेका थिए ।

पन्जाबको रोपरमा जन्मिएका सिंहले गत वर्षदेखि क्यानडाको सिनियर टोलीबाट क्रिकेट खेल्दै आएका छन् । गतवर्ष उनले सिंगापुरविरुद्ध ८३ र ओमानविरुद्ध ८७ रन जोडेका थिए । उनी क्यानडाबाट ओडिआईमा शतक हान्ने छैटौं खेलाडी हुन् ।
क्यानडाले ओपनर आरोन जोनसनलाई ४ रनमै गुमाएको थियो । तर दोस्रो विकेटका लागि अष्टेलियन मुलका म्याथु स्पोर्स र सिंहले ९४ रनको साझेदारी गरेका थिए । स्पोर्स ६२ बलमा २ चौका र २ छक्कासहित ३३ रनमा आउट भए ।

तेस्रो विकेटका लागि पर्गत र निकोलसले ६८ रनको साझेदारी गरेका थिए । एक समय क्यानडा ३९.४ ओभरमा २१४-३ को बलियो अवास्थामा थियो । विजयरत्ने श्रीमन्थे २३ बलमा १ चौका र १ छक्कासहित २८ रनमा आउट भए । त्यसपछिका साद बिन जाफरले १४ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

युएईका आयन खानले ७ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । जहुर खान र जुनैद सिद्दिकले दुई दुई विकेट लिए । ओडिआई मान्यता पाउन दुबै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ ।

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

Success

Thank you for your time.