default_image

3 years ago

April 5, 2023

युएई र अमेरिका विश्वकप छनोटमा

388 views

0 Bookmark

एजेन्सी – अमेरिका र युएई आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा शीर्ष दुईमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा बनाएका छन् । ६ टोली सहभागी प्रतियोगितामा नामिबिया र क्यानडालाई पछि पार्दै युएई र अमेरिकाले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।

प्रतियोगितामा अमेरिका, युएई, पपुवा न्युगिनी, जर्सी, क्यानडा र नामिबिया थिए । प्रतियोगिता अन्तिम दुई खेल अघिनै शीर्ष दुई टोलीको टुङ्गो लागेको हो । अमेरिका ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ विश्वकप छनोटमा स्थान पक्का गरेको छ । अमेरिका क्यानडासँग २६ रनले स्तब्ध भएको थियो । नामिबियालाई ८० रन, युएईलाई पाँच विकेट, पपुवा न्युगिनीलाई १ सय १७ रन र जर्सीलाई २५ रनले हराएको थियो ।

युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । युएईले बुधबार जर्सीसँग खेल्नेछ । युएई उक्त खेलमा पराजित भएपनि समान ६-६ अंक हुनेछ । हेड टु हेडमा युएई अघि हुँदा विश्वकप छनोटमा स्थान पक्का गरेको हो । युएई अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।

पपुवा न्युगिनीलाई २१, क्यानडालाई ६ विकेट र नामिबियालाई २८ रनले हराएको हुँदा विश्वकप छनोटमा पुगेको हो । क्यानडा र नामिबियालाई युएईले हराएको हुँदा यदि समान अंक भएमा पनि हेड टु हेडको कारण विश्वकप छनोटमा स्थान पक्का भएको हो ।

अन्तिम खेलमा जर्सीसँगको हारले युएईलाई कुनै फरक पर्ने छैन । समान अंक भएमा पहिला सर्वाधिक जित प्रतिशत हेरिन्छ । जित प्रतिशत पनि बराबर भएमा हेड टु हेड हेरिन्छ । हेड टु हेड बराबर भएपछि मात्रै नेटरनरेट हेर्ने गरिन्छ । हेड टु हेडमा अघि हुँदा युएई एक खेल अगावै विश्वकप छनोटमा पुगेको हो ।

नामिबिया ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । युएई र अमेरिकासँगको हार नामिबियालाई भारी पर्यो । क्यानडा ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।

पपुवा न्युगिनी ४ खेलमा जित विहीन हुँदै पुछारमा रहेर विश्वकप छनोट र ओडिआई मान्यता दुबै गुमाएको छ । जर्सी ४ खेलमा १ मा जित र ३ मा हारसहित पाँचौं स्थानमा छ । विश्वकप छनोटमा लिग-२ मा शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्डसँगै सुपर लिगका पुछारका पाँच र प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।

सुपर लिगबाट नेदरल्यान्ड्स, श्रीलंका, वेस्टइन्डिज र जिम्बावेले विश्वकप छनोट खेल्ने पक्का भएको छ । आयरल्यान्ड र दक्षिण अफ्रिका मध्य एक टोली विश्वकप छनोट खेल्नुपर्ने हुन्छ । आयरल्यान्डले छनोट खेल्ने उच्च सम्भावना छ । विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । सुपर सिक्स हुँदै शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.