default_image

1 year ago

April 6, 2023

प्रिमियर कप खेल्ने हङकङको टोली घोषणा

158 views

0 Bookmark

एजेन्सी – हङकङले दुई सातापछि नेपालमा हुने एसिसी प्रिमियर कपको लागि १४ सदस्य टोली घोषणा गरेको छ । बाबर हायत, अंशुमन रथ लगायत खेलाडी समेट्दै हङकङले बलियो टोली घोषणा गरेको छ ।

प्रिमियर कप अघि हङकङले घरेलु मैदानमा कुवेत र मलेसियासँग त्रिकोणात्मक एकदिवसीय र टि२० आई सिरिज खेलेको थियो । हङकङ नेपाल आउनु अघि १० दिन श्रीलंकामा अभ्यास गर्नेछ । श्रीलंकाका अभ्यासपछि हङकङ नेपाल आउनेछ । अंशुमन रथ अघिल्लो महिना मात्रै हङकङको टोलीमा पाँच वर्षपछि फर्किएका थिए ।

भारतीय क्रिकेट टोलीबाट खेल्ने सपनाका साथ उनले २०१८ मा हङकङ छाडेका थिए । तर घरेलु प्रतियोगितामा नै राम्रो गर्न नसकेपछि उनी फर्किएका हुन् । उनी फर्किदा ब्याटिङ मजबुत बन्नेछ । उनले हङकङबाट पछिल्ला ६ खेलमा क्रमश : ६५, १ सय ३०, ६३, ४९, ५७ र २१ रन जोडेका थिए । त्यस्तै बाबर हायत पनि राम्रो लयमा छन् ।

बाबर हायतलाई नेपाली कन्डिसन र खेलाडीको बारे जानकार छ । नेपाली टि२० फ्रेन्चाइज लिगका लोकप्रिय खेलाडी उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । कप्तान निजाकत खान, अंशुमन रथ, बाबर हायत, किन्चत शाह र जिशान अली जस्ता ब्याटर रहेका छन् । अनुभवी बलर एहसान खान पनि टोलीमै छन् । उनलाई आयुष शुक्ला र हरुन अर्शदले साथ दिनेछन् ।

२०१८ पछि ओडिआई मान्यता गुमाएको हङकङ उत्कृष्ट प्रदर्शनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गर्न चाहन्छ । समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान छन् । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । अप्रिल १८ देखि मे १ सम्म हुने खेलमा विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

हङकङले समूह चरणका तीन खेल मुलपानी र एक खेल टियु मैदानमा खेल्नेछ । मुलपानीमा हङकङले १८ अप्रिलमा सिंगापुर, २१ अप्रिलमा युएई र २७ अप्रिलमा कुवेतसँग खेल्नेछ । टियु मैदानमा २४ अप्रिलमा बहराइनसँग खेल्नेछ ।

हङकङको टोली :

निजाकत खान (कप्तान), अदित गोरावार, अजिज खान, आयष शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, गजानफर मोहम्मद, हरुन अर्शद, किन्चित शाह, नसरुल्ला राना, शाहिद वासिफ, यासिम मुर्तजा र जिशान अली ।

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

Success

Thank you for your time.