default_image

1 year ago

April 6, 2023

नेपालविरुद्ध ४१ बलमै शतक हान्ने आसिफ आइसिसीको अवार्ड मनोनयनमा

121 views

0 Bookmark

एजेन्सी – अघिल्लो महिना आइसिसी विश्वकप लिग-२ को अन्तिम खेलमा घरेलु टोली नेपालविरुद्ध मात्रै ४१ बलमा शतक हान्ने युएईका आसिफ खान आइसिसीको अवार्ड मनोनयनमा परेका छन् ।

आइसिसीले हरेक महिना प्रदान गर्ने ‘प्लेयर अफ द मन्थ अवार्ड मार्च’ मा युएईका आसिफ खानसँगै न्युजिल्यान्डका कप्तान केन विलियम्सन र बंगलादेशका सकिब अल हसन मनोनयनमा परेका छन् । आसिफले मार्च १६ मा नेपालविरुद्ध ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

उनको शतकको सहयोगमा युएईले पहिला ब्याटिङ गर्दै कुल ३ सय १० रन बनाएको थियो । उक्त विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा कट अफ टाइमको कारण खेल रोकिएको थियो ।
नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले विजयी भएको थियो ।

उक्त शतक युएई क्रिकेट इतिहासकै सर्वाधिक छिटो थियो । उनले कप्तान मोहम्मद वासिमले एक दिन अघि पपुवा न्युगिनीविरुद्ध ६० बलमा हानेको कीर्तिमान तोडेका थिए । ओडिआई इतिहासकै चौथो सर्वाधिक छिटो शतक हो । ओडिआईमा सर्वाधिक छिटो शतक दक्षिण अफ्रिकाका एवि डिभिलियर्सको नाममा छ।

एवि डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध ३१ बलमै शतक हानेका थिए । त्यस्तै न्युजिल्यान्डका कोरी एन्डरसनले २०१४ मा वेस्टइन्डिजविरुद्ध ३६ बल र पाकिस्तानका शाहिद अफ्रिदीले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक हानेका थिए ।

लिग-२ मा मार्च पहिलो साता घरेलु मैदान दुबईमा आसिफले नेपालविरुद्ध दुबै खेलमा ७२ र ८२ रनको इनिङ खेलेका थिए । अघिल्लो साता क्वालिफायर प्लेअफमा उनले अमेरिकाविरुद्ध १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । आसिफको उत्कृष्ट प्रदर्शनको सहयोगमा युएईले ओडिआई मान्यता जोगाउनुको साथै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको थियो ।

मनोनयनमा परेका केन विलियम्सनले श्रीलंकाविरुद्ध दुई टेस्ट खेलको सिरिजमा सानदार प्रदर्शन गरेका थिए । पहिलो टेस्टको दोस्रो इनिङमा विलियम्सनले १ सय २१ रनको अविजित इनिङ खेलेका थिए ।

दोस्रो टेस्टमा न्युजिल्यान्डलाई सहज जित दिलाउन २ सय रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । सकिब अल हसनले साविक टि२० विश्वकप विजेता इंग्ल्यान्डलाई ३-० ले सिरिज हराउन सानदार प्रदर्शन गरेका थिए ।

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

Success

Thank you for your time.