default_image

1 year ago

April 6, 2023

नेपालले खेल्ने विश्वकप छनोटमा पनि डिआरएस नहुने

204 views

0 Bookmark

एजेन्सी – नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा खेल्ने एकदिवसीय विश्वकप छनोटमा पनि डिआरएस (डिसिजन रिभ्यु सिस्टम) नहुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जिम्बावेमा हुने विश्वकप छनोटमा डिआरएस नहुने स्पष्ट पारेको छ ।

टेस्ट टोलीबीचको खेलमा ओडिआई र टि२० आईमा समान दुई डिआरएस उपलब्ध हुन्छ । कोरोना अघि ओडिआई र टि२० आईमा समान एक एक डिआरएस थियो । टेस्टको पहिलो इनिङमा तीन डिआरएस हुने गर्दछ । डिआरएस अम्पारको निर्णय खेलाडी वा टिमलाई गलत लागेमा रिभ्यु लिन सक्छन् ।

खेलाडी रिभ्यु लिएमा सहि भएमा उक्त रिभ्यु पनि बच्ने गर्दछ । यदि गलत भएमा टोलीले उक्त रिभ्यु नै गुमाउछ । रिभ्यु रन आउट, एलबीडब्लू आउट, अल्ट्राएज लगायत विभिन्न कुरा हेर्न प्रयोग गरिन्छ । अम्पायरले कुनै निर्णय दिन अन्यौल भएमा आफैं रिभ्यु लिन सक्छन् ।

रिभ्यु हुँदा अम्पायरको गलत निर्णयको असरबाट टिम र खेलाडीलाई बच्न सक्छन् । तर एसोसिएट क्रिकेटमा रिभ्यु लागु हुँदैन । टेलिभिजनमा उक्त आधुनिक उपकरण नहुँदा रिभ्यु लागु हुँदैन । विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावेसहित कुल चार टोली हुनेछन् । चौथो टेस्ट टोलीको रुपमा दक्षिण अफ्रिका र आयरल्यान्ड मध्य एक हुनेछन् ।

तर विश्वकप छनोटमा डिआरएस नहुने भएको छ । अर्थात रिभ्यु लिन पाउने छैनन् । बुधबार मात्रै नामिबियामा सम्पन्न आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा अम्पायरको निर्णयलाई लिएर कप्तान जेरार्ड इरास्समले सामाजिक सञ्जालमै आलोचना गरेका थिए ।

प्लेअफ क्वालिफायर खेलमा अमेरिका र जर्सीबीचको खेल पनि अम्पायरको निर्णयलाई लिएर चर्को आलोचना भयो । जर्सीका प्रमुख ब्याटर अशा ट्राइब स्पिनर निसर्ग पटेलको बलमा ७५ रनमा एलबीडब्लू आउट भए । तर भिडियो हेर्दा बल लेगस्टम्प बाहिर स्पष्ट रुपमा देखिन्छ ।

एक समय १७–५ को अवस्थाबाट सानदार पूनरागमन गरेको जर्सीलाई उक्त लगत निर्णय हारको प्रमुख कारण बनेको थियो । यो एक उदाहरण मात्रै थियो । नेपालसहित एसोसिएट क्रिकेटमा अम्पायरको गलत निर्णयको टिमले नै हार्नु परेका थुप्रै उदाहरण छन् ।

२०१८ को विश्वकप छनोटमा पनि डिआरएस उपलब्ध थिएन । ३४ खेल मध्य १० खेलमा मात्रै थर्डअम्पायर राखिएको थियो । यस पटक विश्वकप छनोटमा सबै खेलमा थर्ड अम्पायर उपलब्ध हुनेछन् । २०१८ को विश्वकप छनोटमा वेस्टइन्डिजका अशले नर्शले ३२ औं ओभरमा गरेको बल स्कटल्यान्डका रिची बेरिंग्टन एलबीडब्लू आउट भएका थिए । तर उक्त बल लेग साइड बाहिर थियो । रिभ्यु नहुँदा उनी आउट हुनु परेको थियो ।

विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाले स्थान पक्का गरेका छन् । अव सुपर लिगबाट आयरल्यान्ड र दक्षिण अफ्रिका मध्य एक टोलीले छनोट खेल्नुपर्ने हुन्छ ।

सुपर लिगमा दक्षिण अफ्रिका २१ खेलमा ९ मा जित र १० मा हारसहित ९८ अंकका साथ आठौं स्थानमा छ । आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंकका साथ ११ औं स्थानमा छ । आगमी महिना बंगलादेशसँगको तीन ओडिआई खेलको सिरिज जितेमा आयरल्यान्डको ९८ अंक हुनेछ ।

२०२१ जुलाईमा सुपर लिगमा आयरल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा आयरल्यान्ड ४३ र दक्षिण अफ्रिका ७० रनले विजयी भएका थिए । यदि तीन मध्य एक खेलमा आयरल्यान्ड पराजित भएमा वा अंक बाँडेमा दक्षिण अफिका विश्वकपमा पुग्नेछ ।

तर आयरल्यान्डले बंगलादेशमाथि तीनै खेल जितेको खण्डमा नेटरनरेट हेरिनेछ । आयरल्यान्डको नेटरनरेट माइनस ०.३८२ र दक्षिण अफ्रिकाको माइनस ०.०७७ छ । विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

जसबाट हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

Success

Thank you for your time.