3 years ago
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विरनदीप सिंह र मोहम्मद आमिरको अर्धशतकमा मलेसियाले एसिसी प्रिमियर कपमा साउदी अरेवियालाई ८ विकेटले पराजित गरेको छ । पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको मलेसियाले दोस्रो खेलमा साउदीलाई सहजै पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो ।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा विरनदीप सिंह ५३ बलमा ८ चौकासहित ५१ रनमा आउट भए । अर्का ओपनर मोहम्मद आमिरले ४४ बलमा १२ चौकासहित सर्वाधिक ५६ रनको योगदान दिए ।
पहिलो विकेटका लागि आमिर र विरनदीपले ११.२ ओभरमा ८२ रनको साझेदारी गरेका थिए । साउदी अरेवियाका जैन उल अबिदीनले दुई विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६.२ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । साउदीका विकेटकिपर हसिब गाफुरले ७८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए ।

अतिफ उर रहमान ३१ बलमा ३ चौकासहित १८ रनमा अविजित रहेका थिए । अन्तिम विकेटका लागि रहमान र गाफुरले ४४ रनको साझेदारी गर्दै सम्मानजक योगफल तयार पारेका थिए ।
ओपनर अब्दुल वाहिदले ७२ बलमा २ चौकासहित ३६ रन बनाए । तीव्र गतिका बलर वाफिक इफरानले पहिलो ओभरको पाँचौं बलमै ओपनर वाकर उल हसनलाई दुईमा एलबीडब्लू आउट गरेका थिए । अर्का तीव्र गतिका बलर रिजवान हैदरले चौथो ओभरको पाँचौं बलमा इमरन आरिफलाई पाँच रनमा क्याच आउट गराए ।
रिजवानकै बलमा साद खान एक रनमा अनवार रिजवानबाट क्याच आउट भए । त्यसपछि स्पिनरले साउदीलाई धरासयी बनाएका थिए । स्पिनर अनवार रहमानको बलमा मोहम्मद हसन शेख २१ रनमा विरनदीपबाट क्याच आउट भए । विरानदीपले ३७ बलमा २ चौकासहित २१ रन बनाए ।
अब्दुल मनान अली ५ रनमा रहमानकै बलमा बोल्ड आउट भए । स्पिनर खिजार हायतले अब्दुल वाहिदलाई एलबीडब्लू आउट गरे । जैनुल अबिदीन ५ रनमा हायतकै बलमा एलबडब्लू आउट भए । अब्दुल वाहिद हायतकै बलमा बोल्ड भएका थिए ।

मलेसियाका खिजार हायतले १० ओभरमा १ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिएका थिए । विरानदीप सिंहले १० ओभरमा १ मेडनसहित २६ रन खर्चेर १ विकेट लिए । मोहम्मद वाफिकले ४.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । रिजवान हैदरले ६ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । अनवार रहमानले ९ ओभरमा १ मेडनसहित ४० रन खर्चेर २ विकेट लिए ।
एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् ।

एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । मलेसिया पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो । मलेसियाले आइतबार मुलपान मैदानमा ओमानसँग खेल्नेछ । साउदीले दोस्रो खेल शनिबार कतारसँग टियु मैदानमा खेल्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]