default_image

3 years ago

April 23, 2023

युएईको टियु मैदानमा चौका र छक्काको वर्षा, ५ सय रनको सम्भावना

243 views

0 Bookmark

एजेन्सी – युएईले एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध चौका र छक्काको वर्षा गराएपछि ५ सय माथिको योगफलको सम्भावना देखाएको छ । युएईले टियु मैदानमा चौका र छक्काको वर्षा गराएको छ । ६२ बलमा शतक हानेका वासिमले त्यसपछिको १६ बलमा ५० रन बनाउँदै ७८ बलम १ सय ५० रन बनाएका छन् ।

वासिम ८० बलमा ८ चौका र १६ छक्कासहित १ सय ५६ रनमा क्रिजमा छन् । वृत्य ७६ बलमा १२ चौकासहित ७८ रनमा क्रिजमा छन् ।

टियु क्रिकेटम मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले २७ ओभरमा १ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको छ । दोस्रो विकेटका लागि वृत्य र वासिमले २ सय ३९ रनको साझेदारी गरि सकेका छन् ।

युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले हराएको थियो । दोस्रो खेलमा हङकङसँग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल रहन बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । युवा ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए ।

युएईको टोली :

मोहम्मद वासिम ९कप्तान०, आयन खान, आर्यन लाक्रा, आसिफ खान, जुनैद सिद्दिक, कार्तिक मयाप्पन, रमिज शाहजद, रोहन मुस्तफा, सन्चित शर्मा, वृत्य अरविन्द र जहुर खान ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.