3 years ago
April 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा कुवेतविरुद्ध टोलीमा एक परिवर्तन गरेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले केहि समयमा ब्याटिङ थाल्नेछ ।

नेपालले कतारको प्लेइङ–११ बाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ । नेपालले गुलशन झाको स्थानमा करण केसीलाई मौका लिएकोछ । कतारमा बायाँ हाते बलरको बाहुल्यता हुँदा गुलशनलाई खेलाएको थियो । गुलशनको बलिङ भने राम्रो हुन सकेको थिए । गुलशनले कतारविरुद्ध ३ ओभरमा १७ रन खर्चिदा विकेट विहीन बनेका थिए ।
बलिङ मजबुत बनाउन गुलशनको स्थानमा करणलाई मौका दिएको हो । टोलीमा अन्य परिवर्तन गरेको छैन । नेपालको बेन्चमा ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी र गुलशन झा छन् । कुवेतले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । हङकङलाई मुलपानीमा हराउँदाको टोलीलाई नै निरन्तरता दिएको छ ।
नेपालको प्लेइङ-११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।
कुवेतको प्लेइङ ११ :
मोहम्मद अस्लाम (कप्तान), आदनान इद्रिस, सैयद मोनिब, उस्मान पटेल, बिलाल ताहिर र रजिवा संदरुवान, मित भावसार, शिराज खान, परविन्दर कुमार, यसिन इशक पटेल र शाहरुख कुद्दुस ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]