3 years ago
May 3, 2023
एजेन्सी – ईशान किशन र सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४६ औं खेलमा पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित हात पारेको छ । मुम्बईले पाँचौं जितका साथ प्लेअफ सम्भावना मजबुत बनाएको छ ।

जितको लागि २ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा ओपनर ईशान किशनले ४१ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए ।
सूर्यकुमार यादव ३१ बलमा ८ चौका र २ छक्कासहित ६६ रनमा आउट भए । तेस्रो विकेट लागि ईशान र सूर्यले ५५ बलमा १ सय १६ रनको शतकीय साझेदारीका साथ जितको आधार तय गरेका थिए ।
तिलक बर्मा १० बलमा १ चौका र ३ छक्कासहित २६ र टिम डेविड १० बलमा ३ चौकासहित १९ रनमा अविजित रहे । ओपनर रोहित शर्मा डक र क्यामरन ग्रीन २३ रनमा आउट भए । पन्जाबका अर्शदीप सिंहले ३.५ ओभरमा ६६ रन खर्चेर १ विकेट लिए । नाथन एलिसले ४ ओभरमा ३४ रन खर्चेर २ र ऋषि धवनले १ विकेट लिए ।
त्यसअघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । पन्जाबका लियाम लिभिङस्टोनले ४२ बलमा ७ चौका र ४ छक्कासहित ८२ रनमा अविजित इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
युवा विकेटकिपर जितेश शर्मा २७ बलमा ५ चौका र २ छक्कासहित ४९ रनमा नटआउट रहे । चौथो विकेटका लागि जितेश र लिभिङस्टोनले ५३ बलमा १ सय १९ रनको अविजित साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए ।
पन्जाबका ओपनर प्रभस्रिमन सिंह ९ रनमै आउट भएका थिए । कप्तान शिखर धवन र म्याथ्यु सर्टले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । धवन २० बलमा ५ चौकासहित ३० रनमै आउट भएका थिए । धवन स्पिनर पियुष चवालाको बलमा स्टम्पिङ आउट भए ।
म्याथ्यु सट २६ बलमा २ चौका र १ छक्कासहित २७ रनमा चवालाको बलमा बोल्ड आउट भए । मुम्बईका पियुष चवालाले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अर्शद खानले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा ५६ रन खर्चिदा विकेट लिन सकेनन् ।
मुम्बई ९ खेलमा ५ मा जित र ४ मा हारसहित छैटौं स्थानमा छ । पन्जाब १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ सातौं स्थानमा छ । गुजरात ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ । लखनऊ र चेन्नईको समान ११ अंक भएपनि नेटरनरेटका कारण क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]