3 years ago
May 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको सामान्य शल्यक्रिया सम्पन्न भएको छ । लामो समयदेखि दुख दिइरहेको छालाको सामान्य समस्या नेपाल नेशनल हस्पिटलमा शल्यक्रिया गरेर हटाइएको हो ।

क्रिकेट टोलीसँग पछिल्लो समय डाक्टरको भूमिकामा काम गरिरहेका डाक्टर अभिषेक राज सिंहले योजना अनुसार नै सन्दीपको शल्यक्रिया गरिएको जानकारी दिए । ‘हामीले योजना अनुसार नै शल्यक्रिया गरेका हौं । सामान्य समस्या भएकाले खेल नभएको समयमा गर्नुपर्ने थियो । अहिले विश्राम रहेकाले शल्यक्रिया गरेका हौं । भोली नै डिस्चार्ज गर्ने कार्यक्रम छ,’ सिंहले जानकारी दिए ।
सन्दीप यसै महिना सम्पन्न एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । नेपालले प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुँदा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । विशेषगरी समूह चरणमा कतारविरुद्ध सन्दीपको अलराउन्ड प्रदर्शन उत्कृष्ट थियो । ब्याटिङ र बलिङ दुवैमा चम्किएका सन्दीपले नेपालको अपराजित यात्रा कायम राखेका थिए ।
बलात्कार आरोपका कारण हिरासतमा बस्नुपर्दा केहि समय मैदानबाहिर रहेका सन्दीपले पुनरागमन गरेसँगै उच्च प्रदर्शन गरिरहेका छन् । उनको मुद्दामा भने लगातार पेशी सरिरहेका कारण अन्तिम फैसला आउन सकेको छैन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]