3 years ago
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दास्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियासँग टस हारेको छ । मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा फिल्डिङ गर्नेछ । नेपालले आज टोलीमा दुई परिवर्तन गरेकोछ ।

ओपनर विन्दु रावल र सरस्वीकुमारी चौधरीलाई प्लेइङ-११ मा मौका दिएको छ । कृतिका मरासिनी र अप्सरी बेगमलाई बेन्चमा राखेको छ । टोलीमा अन्य कुनैपनि परिवर्तन गरेको छैन । ब्याटिङमा सुधार गर्न नेपालले विन्दु र सरस्वतीलाई मौका दिएको हो ।
पाँच खेलको महिला टि२० आई सिरिजमा मलेसिया १(० ले अघि छ । नेपाल पहिलो खेलमा ५० रनमै अल आउट हुँदै मलेसियासँग ५ विकेटले पराजित भएको थियो । महिला टि२० आईमा नेपालको मलेसियासँग पहिलो हार थियो । नेपाल पहिलो खेलको गल्ती सुधार गर्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहन्छ ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, विन्दु रावल, काजोल श्रेष्ठ, सम्झना खड्का, ज्याति पाण्डे र सरस्वती चौधरी ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]