default_image

3 years ago

June 6, 2023

दशकपछि उपाधि जित्ने सोचमा भारत

451 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अष्ट्रेलियासँग खेल्दैछ । भारत र अष्ट्रेलियाबीचको फाइनल बुधबार दिउँसो ३: १५ देखि इंग्ल्यान्डको द ओभलमा सुरु हुनेछ । भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् ।

विश्व क्रिकेटको पावर हाउस भारत फाइनलमा अष्ट्रेलियालाई हराउँदै दशकपछि आइसिसीको उपाधि जित्न चाहन्छ । तर आइसिसीको सेमिफाइन र फाइनलमा भारतको इतिहास राम्रो छैन । इंग्ल्यान्डबाटनै आफ्नो दशकको उपाधि खडेरी तोड्ने सोचमा हुनेछ ।

भारतले आइसिसी प्रतियोगिता उपाधि पछिल्लो पटक सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा जितेको थियो । भारतले २०१३ को आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा घरेलु टोली इंग्ल्यान्डलाई नै पाँच रनले हराउँदै उपाधि जितेको थियो । वर्षाको कारण खेल २०-२० ओभरको भएको थियो ।

जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन मात्रै बनाउन सकेको थियो । त्यसपछि भारतले आइसिसीको कुनैपनि नकआउट प्रतियोगिता उपाधि जितेको छैन ।

भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनसिपको फाइनलमा २०२१ मा इंग्ल्यान्डको साउथह्याप्टनमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । केन विलियम्सन, रस टेलर र काइल जेमिसनको सानदार प्रदर्शनको सहयोगमा न्युजिल्यान्डले भारतलाई हराउँदै उपाधि जितेको थियो ।

भारत २०१४ को टि२० विश्वकप फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । भारत २०१५ को एकदिवसीय विश्वकप सेमिफाइनलमा अष्ट्रेलियासँग ९५ रनले पराजित हुँदै बाहिरिएको थियो । २०१६ को टि२० विश्वकप सेमिफाइनलमा भारत वेस्टइन्डिजसँग घरेलु मैदानमै ७ विकेटले पराजित भएको थियो ।

२०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारत पाकिस्तानसँग १ सय ८० रनले पराजित भएको थियो । २०१९ को एकदिवसीय विश्वकप सेमिफाइनलमा भारत न्युजिल्यान्डसँग १८ रनले पराजित भएको थियो । २०१७ को च्याम्पियन्स ट्रफी र विश्वकप २०१९ इंग्ल्यान्डमै भएका थिए । पाकिस्तानसँग लज्जास्पद हार व्यहोरेको मैदानमै यस पटक फाइनल खेल्दैछ ।

२०२१ को टि२० विश्वकप भने भारत समूह चरणबाटै बाहिरिएको थियो । त्यस्तै २०२२ को टि२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा भारत इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

२०२१ देखि सुरु भएको दोस्रो टेस्ट च्याम्पियनसिपमा अष्ट्रेलिया शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् । २०२३ फेब्रुअरीमा भारतले चार टेस्ट खेलको सिरिज २-१ ले जितेको थियो । तर इंग्लिस कन्डिसनमा भारतलाई सहज भने हुनेछैन ।

अष्ट्रेलियाको टोली :

प्याट कमिन्स (कप्तान), स्कट बोलान्ड, एलेक्स केरी (विकेटकिपर), क्यामरन ग्रीन, मार्कस हरिस, ट्रविस हेड, जोश इंग्लिस, उस्मान खवाजा, मार्नस लाबुसेन, नाथन लायन, टोड मर्फी, माइकल नेसेर, स्टिभ स्मिथ (उपकप्तान), मिचेल स्टार्क र डेविड वार्नर ।

भारतको टोली :

रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्या रहाणे, ईशान किशन (विकेटकिपर), केएस भरत (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज, उमेश यादव र जयदेव उनादकट ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.