default_image

3 years ago

June 13, 2023

नेपालले पाकिस्तानविरुद्ध टस जित्यो

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी एसिसी महिला इमर्जिङ टिम्स टि२० एसिय कपमा पाकिस्तान एविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । हङकङको मोंग कोकमा रहेको टिंग ग्राउन्डमा नेपाली कप्तान रुविनाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपालको कप्तानी रुविना क्षेत्री बेलबासे र पाकिस्तानको फतिमा सानाले गनेछिन् । भिसाको कारण थाईल्यान्डले सहभागीता जनाउन नपाउने भएपछि नेपालले यस प्रतियोगिता खेल्न लागेको हो ।

बलियो टोली पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्ने सोचमा हुनेछन् । दुई साता अघि नेपालले मलेसियासँग पाँच खेलको सिरिज ३-२ ले जितेको थियो ।

उता पाकिस्तानकी सुपर स्टार फतिमा साना प्रमुख हतियार हुन् । उनले पाकिस्तानको सिनियर टोलीबाट महिला २४ टि२० आई र ३१ डब्लू ओडिआई खेल खेलेकी छिन् । उनले तल्लोक्रममा राम्रो प्रदर्शन गर्नसक्छिन् । नेपालले बिहीबार भारत र शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, सम्झना खड्का र ज्योति पाण्डे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.