2 years ago
June 30, 2023
एजेन्सी – विश्वको सबैभन्दा प्रतिष्ठित द एसेश सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले मजबुत ब्याटिङ प्रदर्शन गरेको छ । दोस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड २७८-४ को अवस्थामा छ ।
इंग्ल्यान्डका ह्यारी ब्रुक ५१ बलमा ४ चौकासहित ४५ र बेन स्टोक्स १७ रनमा नट आउट छन् । इंग्ल्यान्ड समग्रमा पहिलोे इनिङमा १ सय ३८ रनले पछिछ ।
पहिलो विकेटका लागि ओपनर ज्याक क्रली र बेन डकेटले ९१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । क्रली ४८ बलमा ५ चौकासहित ४८ रनमा नाथन लायनको बलमा स्टम्पिङ आउट भए ।
अर्का ओपनर बेन डकेट १ सय ३४ बलमा ९ चौकासहित ९८ रनमा आउट भए । उनी जोश हेजलवुडको बलमा डेविड वार्नरबाट दुई रनमा क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।
ओली पोप ६३ बलमा ४ चौकासहित ४२ र जो रुट १० रनमा आउट भए । मिचेल स्टार्कको बलमा जो रुट स्मिथबाट उत्कृष्ट क्याच आउट भएका थिए । उक्त क्याच केहि विवादित समेत बनेको थियो ।
त्यसअघि पहिलो इनिङमा अष्ट्रेलिया दास्रो दिन पहिलो सेसनमा ४ सय १६ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले १ सय ८४ बलमा १५ चौकासहित १ सय १० रनको शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको ३२ औं शतक हो । ट्रविस हेड ७३ बलमा १४ चौकासहित ७७ रनमा आउट भए ।
ओपनर डेविड वार्नर ८८ बलमा ८ चौका र १ छक्कासहित ६६, उस्मान खवाजा १७, मार्नस लाबुसेन ४७, क्यामरन ग्रिन डक, एलेक्स केरी २२, नाथन लायन ७ र जोश हेजलवुड ४ रनमा आउट भए । प्याट कमिन्स ४३ बलमा २ चौकासहित २२ रनमा नट आउट रहे ।
इंग्ल्यान्डका ओली रोविन्सन र जोश टोंगेले समान तीन विकेट लिए । जो रुटले दुई, जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडले समान एक विकेट लिए । पाँच टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया १–० ले अघिछ ।
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]