default_image

2 years ago

June 30, 2023

नेपालले सेमिफाइनल सिंगापुरसँग खेल्ने

323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरसँग खेल्ने भएको छ । सिंगापुर अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएपछि नेपालसँग सेमिफाइनल खेल्ने पक्का भएको हो ।

नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल सोमबार हुनेछ । अर्को सेमिफाइनल खेलमा मलेसिया र हङकङबीच प्रतिस्पर्धा हुनेछ । मलेसिया समूह ए को उपविजेता र हङकङ समूह बीको विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल र तेस्रो स्थानको लागि मंगलबार प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराउँदै समूह ए को विजेता बनेको थियो । उता सिंगापुरले माल्दिभ्सलाई २ सय ४५ र इन्डोनएसियालाई १ सय ४ रनले हराएको थियो । हङकङसँग सिंगापुर ७ विकेटले पराजित हुन पुग्यो ।

जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको हङकङले ३४.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । हङकङलाई जितको लागि अन्तिम १२ बलमा ३२ रन चाहिँएको थियो । तर तीन बल अगाडिनै पूरा गरेको थियो । अन्तिम नौं बलमा चार छक्का र दुई चौकाका साथ रोमान्चक जित हात पारेको हो ।

हङकङका कप्तान ६० बलमा ४ चौका र ६ छक्कासहित ९४ रनमा नट आउट रहे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । सिंगापुरका श्रेयान चौले ७९ बलमा १२ चौका र १ छक्कासहित ७८ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.