1 year ago
July 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू-१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध टस जितेकोछ । बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आफ्नो टोलीमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन ।
नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले समूह चरणमा थाईल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराएको थियो । उता सिंगापुरले इन्डोनएसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो । सिंगापुर हङकङसँग भने ७ विकेटले पराजित भएको थियो ।
त्यस्तै अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ ।
October 31, 2024
काठमाडौं(हाम्रो खेलकुद) – २०औं द हङकङ सिक्सेस प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रवार नेपालले इङ्ग्ल्याण्डको सामना गर्दैछ । खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार शुक्रवार बिहान ७ः१० बजे सुरु हुनेछ । ३ पटकको च्याम्पियन इङ्ग्ल्याण्डसँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो । खेलमा इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपाली टोली सन्दीप […]
October 31, 2024
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को लागि हुने मेगा अक्सन अघि टिमले आफ्ना खेलाडीलाई टिमै रोक्न भएको खेलाडी रिटेन्सन समाप्त भएको छ । आइपिएलमा सहभागी १० टोलीले आफ्नो टोलीबाट रिटेन्सनमा पर्ने सबै खेलाडीको सुची सार्वजनिक गरेको छ । कुन टोलीले कुन खेलाडीलाई कति रकममा रिटेन्सन गरे : –चेन्नई सुपर किंग्स ऋतुराज गायकवाड १८ करोड […]
October 31, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान आकाश त्रिपाटीको अलराउण्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले विराटनगरमा जारी नरेश स्मृती यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ । चौथो खेलमा जितलाई निरन्तरता दिने क्रममा लुम्बिनीले बिहओ बागमती प्रदेशलाई १ सय २ रनले हरायो । २ सय ७९ रनको लक्ष्य पछ्याएको बागमतीले ४४.४ ओभरमा अल आउट हुँदै १ […]