default_image

2 years ago

July 26, 2023

टाइगर्सको सानदार जितमा दीपेन्द्रको अलराउन्ड प्रदर्शन

363 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अलरान्ड प्रदर्शनमा मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडामा भ्यानकुभर नाइट्सलाई ६ विकेटले हराएको छ । टोलीलाई जिताउन दीपेन्द्रले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रदर्शन गरेका थिए ।

जितको लागि १ सय ५० रनको मध्यम विजयी लक्ष्य टाइगर्सले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सको जितमा शेफार्न रदरफोर्डले ५३ बलमा ७ चौका र ६ छक्कासहित ८४ रनमा अविजित रहे ।

दीपेन्द्र २२ बलमा २ चौकासहित २२ रनमा नट आउट रहे । एक समय ६७–४ को अवस्थामा पुगेको टाइगर्सलाई दीपेन्द्रले पाँचौं विकेटका लागि रदरफर्डसँग ८६ रनको अविजित साझेदारी गर्दै जित दिलाएका थिए ।

ओपनर मोहम्मद वासिम १, कप्तान क्रिस लिन शून्य, सकिब अल हसन १२ र दीलप्रित सिंह २१ रनमा रन आउट भए । नाइट्सका स्पिनर फिन एलेनले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । नाइट्सका लागि ओपनर फखार जमानले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७३ रन बनाए ।

पाकिस्तानी आक्रामक ओपनर फखार जमानलाई दीपेन्द्रले १६ औं ओभरको चौथो बलमा कार्लोस ब्रेथवेटबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए । दीपेन्द्रले फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरे ।

दीपेन्द्रले १० औं ओभरको दोस्रो बलमा हर्ष थाकेरलाई ९ रनमा रन आउट गरेका थिए । दीपेन्द्रले ३ ओभरमा मात्रै १६ रन खर्चेर १ विकेट लिए । कार्लोस ब्रेथवेटले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिएका थिए।

टाइगर्सले आज राती १ : १५ मा ब्रम्पटन वोल्भससँग खेल्नेछ ।

सन्दीपको राम्रो बलिङमा सर्रेको पहिलो जित

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.