2 years ago
August 3, 2023
एजेन्सी – सुरक्षाको कारण आगमी अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा घरेलु टोली भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन हुने भएको छ । यसअघि भारत र पाकिस्तानबीचको खेल विश्वकपमा १५ अक्टोबरमा विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदाबादमा हुने तालिका थियो ।

तर उक्त दिन भारतमा हिन्दुहरुको चाडपर्व नवरात्रीको पहिलो दिन परेकोछ । त्यसैको कारण भारतीय प्रहरीले नवरात्री र उक्त खेल दुबैमा गरि भिड धेरै हुँदा सुरक्षा दिन कठिन पर्ने भएकाले खेल तालिका परिवर्तन गर्न भारतीय क्रिकेट बोर्डसँग माग गरेको थियो ।
भारतले उक्त दिनलाई सर्दै १४ अक्टोबरमा गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले पनि १४ अक्टोबरमा खेल खेल्न सहमती जनाएको छ । नवरात्रीको कारण विश्वभरबाट आउने दर्शकको भिडको कारण झनै अस्तब्यस्त हुन सक्ने डर रहेको थियो ।
योसँगै अव विश्वकपमा भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा अहमदाबादमा हुनेछ ।
खेल तालिका परिवर्तन आइसिसीले चाँडै नै सार्वजनिक गर्नेछ । १४ अक्टोबरमा विश्वकपमा अन्य दुई खेल पनि छन् । सोहि दिन चेन्नईमा बंगलादेश र न्युजिल्यान्डबीच खेल हुनेछ । उक्त खेल ११ अक्टोबरमा सारिने भएको छ । दिल्लीमा अफगानिस्तान र इंग्ल्यान्डबीच खेल हुनेछ ।
उता पाकिस्तानले १४ अक्टोबरमा भारतसँग खेल्ने भएपछि श्रीलंकासँगको तालिका पनि परिवर्तन हुने भएको छ । श्रीलंका र पाकिस्तानबीचको खेल १२ अक्टोबरमा हैदराबादमा हुने तालिका थियो । तर उक्त खेल अव १० अक्टोबरमा हुनेछ ।

नवरात्री र विश्वकपको कारण संख्या धेरै हुने भएपछि सुरक्षा दिन कठिन पर्ने भएको हो । गुजरातमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादको क्षमता १ लाख ३२ हजार छ ।
टिकट विक्री खुल्ला भएको केहि मिनेटमै सकिने पक्कापक्की छ । विश्वकपमा भारत र पाकिस्तानको खेल सबैभन्दा बढी प्रतीक्षा गरेको खेल हुनेछ । सुरक्षा दिन सबैभन्दा कठिन हुने यस खेल पर्नेछ ।
यी दुई देशले आन्तरिक राजनीतिकको कारण सिरिजहरु खेल्दैनन् । पछिल्लो समय दुबै टोलीले विश्व क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । पाकिस्तानको विश्वस्तरिय तीव्र गतिको बलिङ सामु भारतको ब्याटिङ हेर्न लायक हुनेछ । पाकिस्तान विश्वकप खेल्न भारत जानेछ ।
तर भारत भने पाकिस्तान एसिया कप खेल्न जानेछैन । त्यसैको कारण एसिया कप पाकिस्तान र श्रीलंका दुबै देशमा हुनेछ ।
विश्वकप अघि एसिया कपमा भारत र पाकिस्तानबीच तीन पटक प्रतिस्पर्धा हुनेछ सम्भावना छ ।

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह चरणमा सेप्टेम्बर २ मा भारत र पाकिस्तानबीचको खेल श्रीलंकाको कान्डीमा हुनेछ ।
सुपर फोरमा सुमूह ए बाट भारत र पाकिस्तान जाने पक्काछ । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । सुपर फोरमा शीर्ष दुईमा रहँदै फाइनल पुग्न सक्ने प्रमुख दाबेदार टोलीमा भारत र पाकिस्तान नै रहेका छन् ।
विश्वकप ५ अक्टोबर देखी १९ नोभेम्बरसम्म भारतमा हुनेछ । विश्वकपमा भारत, पाकिस्तान, इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेदरल्यान्ड्स छन् । विश्वकपमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । लिगमा शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]