default_image

2 months ago

August 6, 2023

नाटकीय खेलमा भारतमाथि वेस्टइन्डिजको रोमान्चक जित

एजेन्सी – नाटकीय खेलमा वेस्टइन्डिजले दोस्रो टि२० आई खेलमा भारतमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै घरेलु टोली वेस्टइन्डिजले पाँच खेलको सिरिजमा २–० को अग्रता लिएको छ । जितको लागि १ सय ५३ रनको मध्यम विजयी लक्ष्य वेस्टइन्डिजले १८.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा विकेटकिपर निकोलस पुरनले ४० […]

3411 views

0 Bookmark

एजेन्सी – नाटकीय खेलमा वेस्टइन्डिजले दोस्रो टि२० आई खेलमा भारतमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै घरेलु टोली वेस्टइन्डिजले पाँच खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ५३ रनको मध्यम विजयी लक्ष्य वेस्टइन्डिजले १८.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा विकेटकिपर निकोलस पुरनले ४० बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए ।

एक समय वेस्टइन्डिजलाई जितको लागि ३७ बलमा जितको लागि २७ रन चाहिँदा हातमा ६ विकेट थियो । तर चार विकेट मात्रै तीन रन जोड्दा गुमाएपछि खेलले नयाँ मोड र रोचक लिएको थियो ।

निकोलस पुरन मुकेश कुमारको १४ औं ओभरको अन्तिम बलमा सन्जु स्यामसनबाट क्याच आउट भए । वेस्टइन्डिज १२६–४ को अवस्थाबाट १२९–८ को कमजोर अवस्थामा पुगेको थियो । भारतलाई कप्तान हार्दिक पान्ड्याले पहिलो ओभरमै दुई विकेट उत्कृष्ट सुरुवात दिलाएका थिए ।

२–२ को अवस्थाबाट कायल मेयर्स ७ बलमा २ चौका र १ छक्कासहित १५ रनमा आउट भए । मेयर्स अर्शदीप सिंहको बलमा एलबीडब्लू आउट भए । त्यो समय वेस्टइन्डिज ३.४ ओभरमा ३२–३ को अवस्थामा थियो ।

चौथो विकेटका लागि रोभम्यान पावेल र निकोलस पुरनले ३७ बलमा ५७ रनको साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । पावेल १९ बलमा १ चौका र १ छक्कासहित २१ रनमा क्याच आउट भए ।

त्यो समय वेस्टइन्डिज ९.५ ओभरमा ८९–४ को अवस्थामा थियो । पाँचौं विकेटका लागि पुरन र शिम्रन हेटमायरले ३७ रनको साझेदारी गरेका थिए ।

हेटमायर २२ बलमा १ चौका र १ छक्कासहित २२ रनमा युजभेन्द्र चहलबाट एलबीडब्लू आउट भए । रोमारियो शेफर्ड शून्यमा रन आउट भए । जेसन होल्डर चहलको बलमा स्टम्पिङ आउट भए । अकिल हुसैन र अल्जारी जोशेफले २.५ ओभरमा २६ रनको अविजित साझेदारी नाटकीय हारबाट जोगाए ।

अकिल हुसैन १० बलमा २ चौकासहित १६ तथा अल्जारी जोशेफ ८ बलमा १ छक्कासहित १० रनमा नट आउट रहे । १६ ओभरमा १२९-८ को अवस्थाबाट हुसेन र जोशेफले जितसम्म पुर्याएका थिए ।

भारतका हार्दिक पान्ड्याले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंह र मुकेश कुमारले एक एक विकेट लिए ।

त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । पहिला ब्याटिङ रोज्ने निर्णय भारतको लागि फलदायी हुन सकेन ।

भारतका लागि आफ्नो दोस्रो खेल खेलेका तिलक बर्माले ४२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । विकेटकिपर ईशान किशन २३ बलमा २ चौका र २ छक्कासहित २७ रनमा आउट भए । ओपनर शुभमन गिल अल्जारी जोशेफको बलमा एज लागेर डिप मिडविकेटमा शिम्रन हेटमायरबाट ७ रनमा क्याच आउट भए । कायल मेयर्सले सूर्यकुमार यादवलाई एक रनमा उत्कृष्ट डाइरेक्ट थ्रोका साथ पेभेलिएन फर्काएका थिए ।

सूर्यको रन आउटपछि भारतीय खेलाडी दबाबमा परेका थिए । कुनैपनि ब्याटर खुलेर खेल्ने आँट गरेनन् । कप्तान हार्दिक पान्ड्या १८ बलमा २ छक्कासहित २४, सन्जु स्यामसन ७ र अक्षर पटेल १४ रनमा आउट भए । रवि विश्रोई ८ र अर्शदीप सिंह ६ रनमा नट आउट भए ।

वेस्टइन्डिजका स्पिनर अकिल हुसैनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले २ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । रोमारियो शेफर्डले ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

पहिलो खेलमा वेस्टइन्डिज चार रनले विजयी भएको थियो । तेस्रो खेल मंगलबार, चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।

September 24, 2023

अष्ट्रेलियामाथि भारतको अर्को सानदार जित

एजेन्सी – भारतले दोस्रो ओडिआई खेलमा सानदार ब्याटिङ प्रदर्शनका साथ अष्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एकखेल अगावै जितेको छ । जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमा अल आउट भयो । जितको लागि ४ […]

September 24, 2023

क्रिकेट राजनीतिमा पारसको अद्भूत उडान

भूपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्काले २०७८ साउन १९ गते अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । ३३ बर्षकै उमेरमा सन्न्यास घोषणा गर्दा उनका समर्थकले मात्र होइन समग्र विश्व क्रिकेट जगत नै आश्चर्यमा परेको थियो । उनको सन्न्यासमा धेरैले आ–आफ्नो धारणा पनि राखेका थिए । तर पारसले सन्न्यास […]

September 24, 2023

गिल र ऐरको शतकमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य

एजेन्सी – ओपनर शुभमन गिल र श्रेयस ऐरको शतकको सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य दिएको छ । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनायो । भारतका श्रेयस ऐरले ९० बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय […]

Success

Thank you for your time.