2 years ago
August 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा लेगस्पिनर खुशी डंगोलले नेपाली महिला क्रिकेट टोलीमा डेब्यू गरेकी छिन् । खुशीले चार देश सम्मिलित महिला टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आज कुवेतविरुद्ध डेब्यू गरेकी हुन् ।

मलेसियाको बायोमास ओभलमा कुवेतले टस जितेर पाहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्दैछ ।
बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने खुशीलाई नेपालले डेब्यू दिएको छ । उनले सीता रानामगरसँग स्पिन आक्रामण सम्हाल्ने छिन् । नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । त्यस्तै बायाँ हाते तीव्र गतिकी बलर ईश्वरी विष्टलाई पनि मौका दिएको छ । कुवेत तुलनात्मक रुपमा कमजोर हुँदा नेपालले परिवर्तन गरेको हुनसक्छ । नेपालले पहिलो खेलबाट तीव्र गतिकी बलर अश्मिना कर्माचार्य र अप्सरी बेगमलाई भने बेन्चमा राखेको छ ।
मलेसिया भ्रमणमा नेपालबाट तीन अनक्याप्ड खेलाडी गएका थिए । पहिलो खेलमा हङकङविरुद्ध पुजा महतोले डेब्यू गरेकी थिइन् । अव नेपाली टोलीमा डेब्यू गर्न विकेटकिपर रुवि पोदार बाँकी छिन् ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । नेपाल आजको खेलमा विजयी हुँदा फाइनल यात्रापक्का पक्की जस्तै हुनेछ । कुवेत पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । पहिलो खेलमा हङकङलाई हराउन स्पिनर सीता रानामगरले पाँच विकेट लिएकी थिइन् ।
नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ र खुशी डंगोल ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]