default_image

11 months ago

August 31, 2023

नेपालले टस हार्यो

763 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत घरेलु टोली मलेसियासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । कलालाम्पुरमा रहेको बायुमास ओभलमामा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

नेपालले चार देशसम्मिलित महिला टि२० आई सिरिजको फाइनलमा उतारेको टोलीलाई नै निरन्तरता दिएको छ । टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । प्रतियोगिता समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् ।

समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि२० क्वालिफायर खेल्न पाउनेछन् ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

July 14, 2024

भारतद्वारा जित सहित जिम्बाब्वे भ्रमण अन्त्य

एजेन्सी – लगातार चौथो जित सहित भारतले विश्वकप पछिको पहिलो भ्रमण अन्त्य गरेको छ । पाँच खेलको टि-ट्वान्टी शृंखलाको अन्तिम खेलमा ४२ रनले जिम्बाब्वेलाई हराउँदै ४-१ ले जितेको हो । आईतवार भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.३ ओभरमा १२५ रनमा समेटियो । जिम्बाब्वेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए । मारुमानीले र […]

July 13, 2024

सिन्धुपाल्चोकमा क्रिकेट प्रशिक्षक प्रशिक्षण

सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- सिन्धुपाल्चोकका सामुदायिक तथा संस्थागत विधालयका खेल शिक्षकका लागि विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा प्रशिक्षण भएको थियो। ग्रस रुट क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय बाट नै क्रिकेटको सुरूवात गर्नुपर्ने र शिक्षकले त्यसमा महत्वपूर्ण भुमिका रहने भएकोले प्रशिक्षण […]

July 13, 2024

भारतलाई एक खेल अगावै श्रृंखला

एजेन्सी – लगातार तेस्रो खेलमा सफलता निकालेको भारतीय क्रिकेट टोलीले जिम्बाब्वे विरुद्धको टि-ट्वान्टी श्रृंखला एक खेल अगावै जितेको छ । पहिलो खेलमा हार बेहोरेको भारतले लगातार तीन खेल जित्दै शृंखला ३-१ ले जितेको हो । हरारेमा शनिबार भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो । १ सय ५३ रनको लक्ष्य भारतले […]

Success

Thank you for your time.