2 years ago
September 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा क्वालालाम्पुरमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा नेपालल घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।

ब्याटिङ नेपालको सबैभन्दा बढी चिन्ताको विषय हो । मलेसियाविरुद्ध सुरुवाती तीन बलमा तीन विकेट गुमाएको अवस्थामा सीता रानामगरले जिम्मेवारी ३८ रनको इनिङ खेल्दै जितको आधार बनाएकी थिइन् । सीता, इन्दु बर्मा र रुविना क्षेत्री नेपालका प्रमुख ब्याटर हुन् । यी तीन खेलाडीले जिम्मेवारी प्रदर्शन गर्न आवश्यक छ ।
नेपालले ओपनर काजोल श्रेष्ठको स्थानमा रुवि पोदारलाई डेब्यू दिनसक्छ । काजोलले लगातार कमजोर प्रदर्शन गर्दै आएकी छिन् । पुजा महतोको स्थानमा विन्दु रावललाई खेलाउन सक्छ । अश्मिना कर्माचार्य र कविता कुँवर नेपालका प्रमुख बलर हुन् । यी दुई बलरबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । स्पिनर खुशी डंगोलले पनि राम्रो प्रभाव छाड्दै आएकी छिन् ।
नेपालले गत जनुमा बहराइनलाई ८ विकेटले हराएको थियो । वर्षाको कारण प्रभावित खेलमा बहराइनले ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । उक्त लक्ष्य नेपालले ३.४ ओभरमै पूरा गरेको थियो । तुलनात्मक रुपमा कमजोर बहराइनमाथि सहज जितको आशा गरिएको छ ।
नेपालले आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]