default_image

2 years ago

September 14, 2023

‘नेपालले टि२० विश्वकप खेल्नेमा मलाई विश्वास छ’- रोहित

3688 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्नेमा आफूलाई विश्वास रहेको बताएका छन् । दुई सातापछि चीनमा हुने १९ औं एसियाली खेलकुदको तयारीमा रहेका रोहितले हाम्रो खेलकुदसँगको कुराकानीमा उक्त जवाफ दिएका हुन् ।

‘टि२० विश्वकप खेल्नेमा म एकदमै विश्वस्त छु । टिममाथि एकदमै विश्वास पनि छ । जुन हिसाबले हामीले क्रिकेट खेलेका छौं । मलाई महसुस हुन्छ हामी विश्वकपमा छनोट हुन्छौं । त्यहिँ हो केहि कुरालाई पनि कमजोर लिनु भएन । विपक्षी जस्तो भएपनि हामीले आफ्नो उत्कृष्ट क्रिकेट खेल्नु पर्यो’, रोहितले भने ।

त्यसैमा थपे, ‘हामी पछिल्लो समय एसिया कपमा छनोट भएका थियौैं । सबै सफलता भुलेर अव ध्यान टि२० छनोटमा गर्नुपर्छ । टि२० विश्वकप हाम्रो लक्ष्य हो ।’

नेपालले विश्वकपमा स्थान बनाउन आगमी महिना घरेलु मैदानमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा स्थान बनाउनुपर्छ । अक्टोबर ३० देखी नोभेक्बर ९ सम्म हुने उक्त छनोटमा फाइनलमा पुग्ने दुई टोलीले विश्वकप खेल्नेछन् ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा आयोजक नेपाल, मलेसिया, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्री छनोट ए बाट आउने एक टोली हुनेछन् । एसिया क्षेत्रीय छनोट ए आगमी सेप्टेम्बरमा कतारमा हुनेछ । उक्त छनोटमा कतार, कुवेत, माल्दिभ्स र साउदी अरेविया छन् । विजेता टोली विश्वकप छनोट खेल्न नेपाल आउने छ ।

रोहित एसियन खेलकुद पनि एक हिसाबले टि२० विश्वकप छनोटको तयारी रहेको बताए । ‘अव एसियन खेलकुद पनि एक हिसाबले तयारी नै भयो । एसियन गेम्सपछि पनि क्याम्प हुन्छ । कहाँ जाने भनेर कुरा भई राखेको छ । हाम्रो घरेलु मैदानमा हुँदैछ । तर टि२० हुँदा जे पनि हुनसक्छ । हाबी सबै तयार भएर बस्नुपर्छ । विश्वकपमा पुग्न हामीले ध्यान दिएका छौं’, उनले भने ।

नेपालले विश्वकप छनोटअघि टेस्ट टोलीसँग सिरिज खेल्ने चर्चा छ । तर रोहितले आफूलाई हालसम्म थाहा नभएको जानकारी दिए । ‘यसको बारेमा मलाई अहिलेसम्म केहि थाहा छैन । तर खेल्न पाएमा एकदमै राम्रो हुन्छ । ठूलो टोलीहरुसँग खेल्यो भने एसोसिएट टोलीहरुसँग त्यस्तो लाग्दैन । खेल्न पायो भने हाम्रो मनोबल बढ्छ । राम्रो विपक्षीहरुसँग खेल्न पायो भने खेलपनि सुधार हुन्छ । राम्रो टोलीहरुसँग खेल्न पाइन्छ भनेर आशाबादी छु’, रोहितले भने ।

रोहितको पूरा भिडियो हेर्नुहोस् :

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.