2 years ago
September 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आठौं संस्करणको लिटल फ्लावर प्रीमियर लिग (एलपिएल) को सिनियर टी२० क्रिकेट प्रतियोगितामा सहभागी हुने १६ टिमको टुङ्गो लागेको छ। आयोजक लिटल फ्लावर स्पोर्ट्स क्लब र सह-आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगितामा सहभागी हुने १६ टोलीको नाम सार्वजनिक गरेको हो ।

प्रतियोगितामा क्रिकेट एक्सिलेन्स सेन्टर बालुवाटार, काठमाडौं, गरुडा नगरपालिका रौतहट, लिटल एन्जल्स बोर्डिङ स्कुल भालुवाङ्ग दाङ, शुक्लाफाटा ब्ल्याकबक्स फाउन्डेसन कंचनपुर, जे एस स्पोर्ट्स सुपर स्टार कंचनपुर, खप्तड इन्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगर कंचनपुर, युथ अफ टिकापुर टिकापुर कैलाली रहेका छन् । यसैगरी घोडाघोडी क्रीकेट एकेडेमी सुख्खड कैलाली, सत्यवती क्रिकेट एकेडेमी अत्तरीया कैलाली, कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, सुदुरपश्चिमान्चल क्याम्पस एसपिए धनगढी कैलाली रहेका छन् ।
प्रतियोगितामा सहभागी अन्य टिमहरुमा लिटल फ्लावर बोर्डिङ हाईस्कुल धनगढी कैलाली, कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलाली, धनगढी स्पोर्ट्स क्लब बोराडाडी धनगढी कैलाली, धनगढी क्रीकेट एकेडेमी धनगढी कैलाली र शारदा माद्यमिक विद्यालय बैयाबेहेडी धनगढी छन् ।
प्रतियोगिता मंसिरको पहिलो हप्तादेखि धनगढी स्थित फाप्ला क्रीकेट मैदानमा आयोजना हुनेछ। प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय ५५ हजार तथा उपविजेताले १ लाख २८ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट ब्याटर र बलरले जनही नगद ७ हजार ५ सय र उदियमान खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा सर्वाधिक ठूलो छक्का प्रहार गर्ने खेलाडीले जनही ५ सय प्राप्त गर्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]