default_image

10 months ago

September 25, 2023

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

5777 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले साफ यू१९ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग भिड्ने भएको छ । भारतले समूह बी को अन्तिम खेलमा भुटानलाई २-१ ले हराउँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।

भारत २ खेलमा अपराजित रहँदै ६ अंकका साथ शीर्ष स्थानम रहँदै समूह बी को विजेता बन्यो । भुटान २ खेलमा ३ अंकका साथ समूह बी को उपविजेता बन्यो । समूह ए मा पाकिस्तान २ खेलमा ४ अंकका साथ समूह विजेता बनेको थियो । नेपाल २ खेलमा ३ अंकका साथ उपविजेता बनेको थियो ।

नेपाल र भारतबीचको सेमिफाइनल खेल बुधबार दिउँसो ५ : ३० मा दथरथ रंगशालामा सुरु हुनेछ । पहिलो सेमिफाइनल खेलमा सोही दिन दिउँसो १ : ३० मा भुटान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो । माल्दिभ्सलाई ४-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उता भारतले पहिलो खेलमा बंगलादेशलाई ३-० ले हराएको थियो ।

समूह ए बाट माल्दिभ्स १ अंक र समूह बी बाट बंगलादेश अंक बिहीन हुँदै समूह चरणबाटै बाहिरिए । फाइनल शनिबार हुनेछ ।

July 23, 2024

भारतविरुद्ध फराकिलो हारसँगै नेपाल एशिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो । १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता […]

July 23, 2024

नेपाललाई भारतविरुद्ध विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध विशाल लक्ष्य पाएको छ । नेपालले भारत विरुद्ध १ सय ७९ रनको लक्ष्य पाएको हो । दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो । भारतका लागि […]

July 23, 2024

नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने भएको छ । श्रीलंका स्थित दाम्बुला स्टेडियममा भारतका लागि आज कप्तानी गरिरहेकी स्मृति मान्धनाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हुन् । नेपालले पाकिस्तान विरुद्ध हार बेहोरेको टोलीमा दुई परिवर्तन गरेको छ । रोमा थापा र […]

Success

Thank you for your time.