2 years ago
October 10, 2023
एजेन्सी – भारतमा जारी विश्वकप क्रिकेटमा मंगलबार श्रीलंकाले पाकिस्तानलाई ३ सय ४५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३ सय ४४ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि दुई खेलाडीले शतक र एकले अर्धशतक पूरा गरे । तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशल मेन्डिसले ७७ बलमा विस्फोटक १ सय २२ रनको महत्वपूर्ण इनिङ खेले । उन १४ चौका र ६ छक्का प्रहार गरे । सदिरा समराविक्रमाले ७९ बलमा १ सय ८ रनको योगदान गरे । उनको इनिङमा ११ चौका र २ छक्का समावेश थियो ।
कुशल र सदिराले तेस्रो विकेटका लागि १ सय ११ रनको साझेदारी गरेका थिए । श्रीलंकाका ओपनर कुशल परेरा डक आउट हुँदा अर्का ओपनर पठुम निसान्काले ७ चौका र १ छक्का सहित ६१ बलमा ५१ रन प्रहार गरे । धनञ्जय डी सिल्भाले ३४ बलमा ४ चौका सहित २५ रन बनाए ।
कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन जोडे । चरिथ असलंकाले एक रन मात्र जोडदा महिश थिकसना शुन्यमा आउट भएका थिए । महिश पाथिराना एक रनमा नटआउट गरे ।
पाकिस्तानका हसन अलीले १० ओभरमा ७१ रन खर्चिदै ४ विकेट लिए । हरिस रौफले १० ओभरमा ६४ रन खर्चिएर २ विकेट लिए । शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले समान एक विकट हात पारे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]