default_image

2 years ago

November 1, 2023

नेपालविरुद्ध ओमान : हेड टु हेड

6160 views

0 Bookmark

काठमाडौं – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा समूह ए को अन्तिम खेलमा बिहीबार ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । यस खेलको विजेता समूह ए को पनि विजेता बन्नेछ ।

त्यसैले यस खेललाई महत्वपूर्ण साथ हेरिएको छ । टि२० आईमा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

नेपालले ओमानसँग २०१९ मा चार देश सम्मिलित सिरिज हारेको थियो । नेपाल ६४ रनमा अल आउट हुँदै ६ विकेटले खेल गुमाएको थियो । नेपालले २०२२ मा ओमानसँग तीन खेल खेलेको थियो । तीनै खेलमा नेपालले ओमानलाई सहजै हराएको थियो । नेपालले सिरिजमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो ।

ग्लोबल टि२० विश्वकप छनोट ए मा समूह चरणमा ३९ रन र तेस्रो स्थानको लागि भएको खेलमा ९ विकेटले हराएको थियो । त्यसपछि नेपाल र ओमानले टि२० आई खेल खेलेका छैनन् ।

जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो । नेपालका कुशल मल्ल र ओमानका अकिब इल्यास खेलमा प्रभाव पार्नसक्ने खेलाडी हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.