default_image

2 years ago

December 5, 2023

‘भारत र पाकिस्तानको चुनौती सामना गर्न उत्साहित छु’- कप्तान देव

2132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा कप्तान देव खनालले एसिसी यू१९ एसिया कपमा नेपालको मुख्य लक्ष्य टेस्ट टोलीलाई हराउँदै सेमिफाइनलमा पुग्ने बताएका छन् । सोमबार अन्तिम तयारीको क्रममा देवले उक्त प्रतिक्रिया दिएका हुन् ।

नेपाली क्रिकेट टोलीलाई क्यानले आज एक कार्यक्रमकाबीच बिदाई गर्नेछ । टोली बुधबार युएई जानेछ । देवले तयारी राम्रो भएको बताएका छन् ।

‘समग्रमा सबै तयारी राम्रो भयो । सिनियर दाइहरुसँग केपी ओली कप खेल्न जानु अघि चार पाँच वटा अभ्यास खेल खेल्यौं । हामीले टियु र मुलपानीमा आफैंमा फरक पिचमा खेल पनि खेल्यौं’, तयारी बारे देवले भने ।

यस पटक यू१९ टोलीका सिनियर टोलीका अलराउन्डर गुलशन झा आएका छन् । गुलशनको आगमनले टोली सन्तुलित भएको उनी बताउँछन् ।

‘गुलशन आएपछि मिडिल अडरमा ब्याटिङ र बलिङ दुबै विकल्प दिएकोछ । नयाँ बल र डेथ ओभरमा सबै बलिङ गर्छ । गुलशनले भारत र पाकिस्तानको सिनियर टोलीविरुद्ध खेली सकेको छ । उसलाई त्यो नर्भस कन्ट्रोल गर्न आउँछ जस्तो लाग्छ मलाई । उसको आगमनले टिम एकदमै सन्तुलित भएको छ’, उनले गुलशन बारे भने।

देवले २०२१ मा पनि यू१९ एसिया कपमा नेपालको कप्तानी गरेका थिए । तर त्यस बेला नेपालको समूहमा कुुवेत, श्रीलंका र बंगलादेश थिए । त्यसैले देवले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछन् । उक्त चुनौतीको लागि तयार भएको बताउँछन् ।

‘म पहिलो पटक भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्दैछु । त्यसैले ती चुनौतीको लागि उत्साहित छु । पहिला पाकिस्तानसँग खेल छ । एक एक खेल गरेर हेर्ने छौं । हामी राम्रो क्रिकेट खेलेर फर्किन्छौं’, उनले भने ।

कप्तान देवले नेपालको मुख्य लक्ष्य टेस्ट टोलीलाई हराउने बताएका छन् । ‘हाम्रो मुख्य लक्ष्य टेस्ट टोलीलाई हराउनेछ । सकेसम्म सेमिफाइनल खेल्ने हुनेछ’, उनले भने ।

देव नेपाली यू१९ क्रिकेटमा तीन शतक हान्ने एक्लो क्रिकेटर हुन् । उनले पछिल्लो एक वर्षमा यू१९ टोलीबाट तीन शतक हानेका छन् ।

‘कीर्तिमानहरु सुन्दा राम्रो लाग्छ । तर अहिले अव आउने इनिङहरु धेरै महत्वपूर्ण हुन्छ । वर्तमानमा बसेको छु । सकरात्मक छु । भारत, पाकिस्तान र अफगानिस्तानविरुद्ध अझैं एक शतक र अर्धशतक हानेर आउँ’, उनले भने ।

मंसिर २२ देखी पुष १ सम्म चल्ने प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका, जापान र युएईछन् ।

प्रतियोगिताबारे सम्पूर्ण जानकारी यहाँ पढ्नुहोस् : यू-१९ एसिया कप : नेपालको खेल तालिका, समय, लाइभ लगायत सम्पूर्ण जानकारी

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.